काठमाडौँ । बलेफी हाइड्रोपावर लिमिटेडले बुधबार आजदेखि सर्वसाधारणका लागि १८ लाख २७ हजार कित्ता आईपीओ बिक्री खुलेको छ ।
Advertisement
कम्पनीले कूल १८ लाख २७ हजार ९७० कित्ता आईपीओमध्ये ४ प्रतिशत अर्थात् ७३ हजार ११९ कित्ता कम्पनीका कर्मचारीका लागि, ५ प्रतिशत अर्थात् ९१ हजार ३९८ कित्ता सामूहिक लगानी कोषका लागि र बाँकी सर्वसाधारणमा जारी गरेको छ ।
न्युनतम १० कित्तादेखि अधिकतम एक लाख कित्ताका लागि आवेदन दिन सक्ने छन् । आवेदन चैत १६ गतेदेखि चैत्र २१ गतेसम्म दिन सकिने छ ।