• हाेमपेज
  • साउथ एसिया
  • लङरिड
  • देशभर
  • अन्य
    • दृष्टि/संवाद
    • हेल्थ
    • विश्व/भूराजनीति
    • विज्ञान/प्रविधि
    • खेलकुद
    • टिप्स
    • इलेक्सन वाच
    • सिनेमा/आर्ट्स
    • कल्चर/हेरिटेज
×
शुक्रबार, साउन ०८, २०८३
    • हाेमपेज
    • साउथ एसिया
    • लङरिड
    • देशभर
    • अन्य
      • दृष्टि/संवाद
      • हेल्थ
      • विश्व/भूराजनीति
      • विज्ञान/प्रविधि
      • खेलकुद
      • टिप्स
      • इलेक्सन वाच
      • सिनेमा/आर्ट्स
      • कल्चर/हेरिटेज

भर्खरै

स्वास्थ्यमा धनगढीको फड्को, आधुनिक उपचार अब आफ्नै शहरमा

मालीका पूर्व गुप्तचर प्रमुखलाई १५ वर्ष कैद

लागुऔषधसहित दुई जना पक्राउ

सिलिण्डर विष्फोट हुँदा एकको मृत्यु, एक जना गम्भीर घाइते

सेनाको श्रमदानमा महाकाली नदीमा ‘गाइडबण्ड’ पुनःनिर्माण

शैक्षिक परामर्श व्यवसायमाथि धरौटीको व्यवस्था कायमै रहन्छ : शिक्षामन्त्री

उपराष्ट्रपति यादवसँग स्वीस राजदूतको शिष्टाचार भेट

करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु

खैरो हेरोइनसहित चार जना पक्राउ

लोकप्रिय समाचार

  • १. राशिफल : वृष- कर्मयोगमा वृद्धि, सिंह- पारिवारिक जमघट

  • २. राशिफल : वृष- धन खर्च , सिंह- मंगलमय काम

  • ३. राशिफल : कन्या- विशेष उपहार, धनु- मिष्‍ठान्‍न भोजन

  • ४. राशिफल : कन्या- आतिथ्य सम्मान, मकर- मित्रता बढ्ने

  • ५. राशिफल : कन्या- मुद्दा-मामिलामा विजयी, मकर- सुखद समाचार

  • ६. राशिफल : कन्या- विशेष उपहार, धनु- मिष्‍ठान्‍न भोजन

  • ७. झटारो : चर्पीको बाटोमा क्रान्तिको गाडी !

  • ८. ‘एक नेता, अनेक दाबी!’ सुदूरपश्चिममा मुख्यमन्त्रीको दौड, आफ्नै दलभित्र विश्वासको संकट

  • ९. रक्त अभाव टार्न कैलालीमा दोश्रो घुम्ती रक्तदान, ४२ युनिट रगत संकलन

  • १०. स्वास्थ्यमा धनगढीको फड्को, आधुनिक उपचार अब आफ्नै शहरमा

बेलायती राजपरिवारमा राजनीतिको बादल, कमनवेल्थमा उठ्यो गणतन्त्रको माग


मङ्गलबार, चैत १५, २०७८ मा प्रकाशित

Advertisement

बेलायती राजपरिवार एकपछि अर्को संकटमा फसिरहेको छ। मेघन मर्केल र राजकुमार ह्यारीको राजदरबारबाट बहिर्गमन, महारानीको तेस्रा सन्तान राजकुमार एन्ड्रयुको नाम यौन प्रकरणमा जोडिएर राजदरबार पहिले विवादले घेरिएको थियो। अहिले डुक अफ क्याम्ब्रिज विलियम र उनकी पत्नी केटको क्यारेबियन भ्रमणमा बेलायती राजपरिवारप्रति चरम असन्तुष्टि देखियो।

महारानी एलिजाबेथ द्वितीयाको शासनको ७० औं वर्षगाँठको अवसरमा उनका नाति राजकुमार विलियम र नातिनी बुहारी केट क्यार्रबियन क्षेत्रमा सद्भाव भ्रमणमा थिए। तर, भ्रमण नामअनुसारको सद्भावपूर्ण रहेन।

भ्रमणमा बेलायती राजतन्त्रविरुद्ध प्रदर्शन भयो। कतै अश्वेत दास व्यापारमा राजपरिवारको संलग्नताको विषय सम्बोधन हुनुपर्ने माग उठ्यो। भ्रमणकै क्रममा जमैकाले विलियमसामु बेलायती महारानीलाई राष्ट्र प्रमुखबाट हटाउने योजना सुनायो।

विगतमा बेलायतको उपनिवेश रहेका ५४ मुलुक सम्मिलित एक समूह छ, कमनवेल्थ अफ नेसन। यसमध्ये बेलायतसमेत १५ राष्ट्रले अझै पनि बेलायतकी महारानीलाई राष्ट्रप्रमुख स्वीकार्छन्। गणतन्त्र घोषणाले कमवेल्थ अफ नेसन्सको सदस्यता स्वगत खोसिँदैन। गत वर्ष क्यारेबियन मुलुक बारबाडोसले बेलायती महारानीलाई राष्ट्र प्रमुख स्वीकार्ने प्रथा परित्याग गरेर राष्ट्रपति चुन्यो। त्यसपछि वरपरका अन्य मुलुकमा पनि गणतन्त्रको माग हुन थालेको छ।

गणतन्त्रको यो बहस क्यारेबियन टापुहरूमा मात्र होइन, अस्ट्रेलियाजस्ता ठूला कमनवेल्थ मुलुकमा (पछिल्ला मत सर्वेक्षणहरूमा त्यहाँका ५४ प्रतिशत नागरिक गणतन्त्र बन्नुपर्ने पक्षमा देखिएका छन्) पनि चलिरहेको छ। तर, क्यारेबियन मुलुकहरूमा गणतन्त्रको मागलाई विगतमा बेलायती राज्यद्वारा सञ्चालित दास व्यापार तथा अन्य औपनिवेशिक दमनसँग जोड्न थालिएको छ।

विलियम र केटको पछिल्लो भ्रमणको संकेत शुरुदेखि नै राम्रो थिएन। भ्रमणका लागि छानिएको पहिलो मुलुक बेलिजमा ठूलो विरोध प्रदर्शनपछि भ्रमण नै रद्द भयो। विलियम संरक्षक रहेको एक च्यारिटीको जग्गामा स्थानीय क्वेकेई माया जातिले प्रश्न उठाएर विरोधमा उत्रिएका थिए।

जमैकामा पनि उनीहरूले थप प्रदर्शनको सामना गरे। त्यहाँ बेलायती राजपरिवारले समेत नाफा आर्जन गरेको सयौं वर्षसम्म चेलेको दास व्यापारको क्षतिपूर्तिको माग भयो। जमैकाका प्रधानमन्त्री एन्ड्रयु होलनेसले राजपरिवारका अतिथिसामु आफ्नो देश अब इतिहासमा अल्झिएर बस्न नसक्ने र स्वतन्त्र हुन चाहेको बताए।

विगतमा झैं विवादको समयमा राजपरिवारका सदस्यले मुख खोल्दा परिस्थिति थप खराब भयो। गत साता किङ्स्टनमा दिएको भाषणमा राजकुमार विलियमले दास व्यापार र त्यसक्रममा भएको दमनप्रति ‘गम्भीर आहात महशुस गरेको’ बताए। लगत्तै मानिसहरूले राजकुमारले विगतको गल्तीप्रति माफी नमागेको वा दास व्यापारमा राजपरिवारको प्रत्यक्ष संलग्नता नस्वीकारेको प्रति ध्यान दिए।

यो भ्रमणले राजपरिवारलाई कमनवेल्थ मुलुकका नागरिकहरूले बेलायत र तिनका संस्थानलाई कसरी हेर्छन् भन्ने गम्भीर पाठ सिकाएको छ। जैमकन लेखक एस्ले ब्राउनले जमैकन नागरिकको आक्रोशलाई आवाज दिने क्रममा भने, ‘कमनवेल्थ शासनभित्र आफ्नै राष्ट्र प्रमुख बस्ने भूमिमा जान भिसा हामी जमैकनलाई मात्र लागू गरिएको छ।’

उता सयौं वर्षको लुटका लागि आर्थिक क्षतिपूर्ति पाउनुपर्ने जमैकनहरूको मागमा तिनले आपत्तिजनक जवाफ पाउने गर्छन्। सन् २०१५ मा तत्कालिन बेलायती प्रधानमन्त्री डेभिड क्यामरुनले विगतको दास व्यापारको क्षतिपूर्तिस्वरुप जमैकन ‘अपराधीहरू’ थुन्न २.५ करोड पाउन्डको जेल बनाउने प्रस्ताव गरेका थिए।

जमैकाको राजनीतिमा गणतन्त्रको बहस सन् १९७० को दशकदेखि नै शुरु भएको हो। यसप्रति सबैजसो पार्टीमा समर्थन बढ्दै गएको छ। अहिले गणतन्त्रको बहस निर्णयमा बदलिने स्थितिमा पुगेको छ। ‘यदि जमैकाले गणतन्त्रको निर्णय ग¥यो भने बाँकी अंग्रेजीभाषी क्यारेबियन मुलुकमा पनि असर पर्नेछ,’ अभियन्ता प्याट्रिक भरननले बताए।

प्याट्रिकले भनेझैं जमैकापछि बहामास गएका राज–दम्पत्तिले त्यहाँ पनि विरोधको सामना गर्नुप¥यो। बेलिजले संवैधानिक पुनर्मूल्यांकनको घोषणा गरेको छ। सेन्ट भिन्सेन्टका प्रधानमन्त्रीले गत वर्ष कमनवेल्थ शासनअन्तर्गत राज्यहरूलाई गणतन्त्र घोषणा गर्न आह्वान गरेका थिए। ढिलै सही क्यारेबियन क्षेत्रमा विगतको दमनप्रति ज्ञानबोध भएको छ।

बेलायतमा नागरिकलाई ब्रिटिस अधिराज्यको चहकिलो गहना भनेर मुर्ख बनाउन सकिएला। तर, सामाज्य तथा तिनको दमनको छायाबाट मुक्त हुन चाहने मुलुकका लागि त्यस्तो गुलियो भनाइमा व्यक्त हुने चमक पनि उहिल्यै खिइसकेको छ।

द गार्जियनका लागि पत्रकार मोया लोथिएन–म्याकलिनको विश्लेषण

मङ्गलबार, चैत १५, २०७८ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

प्रदेशको राजनीतिले फेरि बामपन्थीलाई एकै थलोमा उभ्याउँदै ! सिद्धान्तको एकता कि सत्ताको बाध्यता ?
झटारो : चर्पीको बाटोमा क्रान्तिको गाडी !
झटारो : सरकार, तिमी हरायौ कि जनता हराए ?
घर फर्किएका चार सपना : एउटा पत्र, एउटा यात्रा र पुनर्मिलनको क्षण
झटारो : मने कमरेटको कन्तबिजोग !
झटारो : सरकारी थर्काइबाट थकित, हैरान धनिराम !

भर्खरै

  • १.
    स्वास्थ्यमा धनगढीको फड्को, आधुनिक उपचार अब आफ्नै शहरमा

  • २.
    मालीका पूर्व गुप्तचर प्रमुखलाई १५ वर्ष कैद

  • ३.
    लागुऔषधसहित दुई जना पक्राउ

  • ४.
    सिलिण्डर विष्फोट हुँदा एकको मृत्यु, एक जना गम्भीर घाइते

  • ५.
    सेनाको श्रमदानमा महाकाली नदीमा ‘गाइडबण्ड’ पुनःनिर्माण

  • ६.
    शैक्षिक परामर्श व्यवसायमाथि धरौटीको व्यवस्था कायमै रहन्छ : शिक्षामन्त्री

  • ७.
    उपराष्ट्रपति यादवसँग स्वीस राजदूतको शिष्टाचार भेट

  • ८.
    करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु

धर्मदेवी मिडिया प्रा. लि. द्वारा सञ्चालित

www.nepaliheadline.com

सूचना विभाग दर्ता नम्बर

२६७३/०७७-७८

प्रधान सम्पादक : उपेन्द्र पोखरेल

सह-सम्पादक : दीपक उपाध्याय नेपाल

संवाददाता : अस्मिता अधिकारी

प्रधान कार्यालय

गठ्ठाघर, भक्तपुर

विज्ञापनका लागि सम्पर्क
९८२०२२९३७६

Copyright ©2026 Nepaliheadline | All rights Reserved.
 Website By :  nwTech.