• हाेमपेज
  • साउथ एसिया
  • लङरिड
  • देशभर
  • अन्य
    • दृष्टि/संवाद
    • हेल्थ
    • विश्व/भूराजनीति
    • विज्ञान/प्रविधि
    • खेलकुद
    • टिप्स
    • इलेक्सन वाच
    • सिनेमा/आर्ट्स
    • कल्चर/हेरिटेज
×
आइतबार, साउन १०, २०८३
    • हाेमपेज
    • साउथ एसिया
    • लङरिड
    • देशभर
    • अन्य
      • दृष्टि/संवाद
      • हेल्थ
      • विश्व/भूराजनीति
      • विज्ञान/प्रविधि
      • खेलकुद
      • टिप्स
      • इलेक्सन वाच
      • सिनेमा/आर्ट्स
      • कल्चर/हेरिटेज

भर्खरै

मधेसमा लागूऔषधविरुद्ध अभियान, तीन वर्षमा दुई हजार ८११ जना पक्राउ

सुनचाँदीको मूल्य बढ्यो

कङ्गोमा एडीएफका दुई आक्रमणमा ३२ जना सर्वसाधारण मारिए

गेटाको गाँठो : शक्ति केन्द्रहरूलाई किन असहज डा. केसीको माग ?

भानुभक्तको सालिक तोडफोडको आरोपमा कुँवर पक्राउ

यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य

केही प्रदेशमा भारी वर्षाको सम्भावना, सतर्कता अपनाउन आग्रह

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

विश्‍व घटना : थाइल्यान्ड र कम्बोडियाका पौने २ लाखले छाडे घरबार !

लोकप्रिय समाचार

  • १. राशिफल : कन्या- आतिथ्य सम्मान, मकर- मित्रता बढ्ने

  • २. राशिफल : वृष- कर्मयोगमा वृद्धि, सिंह- पारिवारिक जमघट

  • ३. राशिफल : कन्या- विशेष उपहार, धनु- मिष्‍ठान्‍न भोजन

  • ४. राशिफल : कन्या- मुद्दा-मामिलामा विजयी, मकर- सुखद समाचार

  • ५. झटारो : कर काठमाडौंमा, चर्चा साँडेपानीमा !

  • ६. ‘एक नेता, अनेक दाबी!’ सुदूरपश्चिममा मुख्यमन्त्रीको दौड, आफ्नै दलभित्र विश्वासको संकट

  • ७. सुदूरपश्‍चिममा सत्ता खेल : मुख्यमन्त्री बन्‍ने रहर सबैलाई, आफ्नै सांसदको छैन भर कसैलाई !

  • ८. राशिफल : वृष- भ्रमण, सिंह- रमाइलो यात्रा

  • ९. स्वास्थ्यमा धनगढीको फड्को, आधुनिक उपचार अब आफ्नै शहरमा

  • १०. रक्त अभाव टार्न कैलालीमा दोश्रो घुम्ती रक्तदान, ४२ युनिट रगत संकलन

ओस्कारबारे रोचक तथ्यः पहिलो समारोहमा मिडियालाई बोलाइएन, विजेताले बेच्न पाउँदैनन् अवार्ड


मङ्गलबार, चैत १५, २०७८ मा प्रकाशित

Advertisement

९४ औं एकेडेमी अवार्ड (ओस्कार) हिजो अर्थात २८ मार्चमा सम्पन्न भयो। ९४ वर्षदेखि निरन्तर वितरण हुँदै आएको अवार्डमा फ्रेन्च निर्देशक एरिक भ्यालीले नेपालको हिमाली जनजीवन समेटेर बनाएको क्याराभान (औपचारिक नाम हिमालयःक्याराभान) मात्र हालसम्म विदेशी भाषा विधाको शीर्ष पाँच स्थानमा पर्न सफल भएको थियो। फ्रेन्च टिमले बनाएको भए पनि यो फिल्म नेपालको भनेर ओस्कारमा पठाइएको थियो।

यस्तै, नेपालकोभन्दा निकै ठूलो फिल्म उद्योग रहेको भारतका चारवटा सिनेमा मात्र अर्थात् मदर इन्डिया, सलाम बम्बे, श्वास (मराठी) र लगान विदेशी भाषा विधाको शीर्ष पाँचमा परेका छन्।

दक्षिण एसियाली फिल्म शीर्ष स्थानमा पर्न सफल भए पनि हालसम्म यस क्षेत्रका कुनै फिचर फिल्मले पुरस्कार जित्न सकेका छैनन्।

चारजनाको छलफलबाट बनेथ्यो पुरस्कार वितरक एकेडेमी

विश्वमा सबैभन्दा धेरैले सुनेको फिल्म अवार्ड ‘ओस्कार’ कसरी शुरु भयो त ? अमेरिकाको एमजीएम स्टुडियोका प्रमुख लुइस बी. मेयरले उनका तीन साथी अभिनेता कोनराड नागेल, निर्देशक फ्रेड निब्लो र निर्माता फेड बिटसनसँग मिलेर सम्पूर्ण हलिउड उद्योगलाई फाइदा पुग्ने समूह सिर्जना गर्ने योजना बनाए।

चलचित्र उद्योगका ३६ जना चर्चित व्यक्तिहरूको लस एन्जलसको एम्बेसेडर होटलमा भएको जमघटमा ‘इन्टरनेसनल एकेडेमी अफ मोसन पिक्चर आर्ट एन्ड साइन्स’ गठन गर्ने योजना प्रस्तुत गरियो। सहभागी सबैले एकेडेमी निर्माणमा सहमति जनाए।

मार्च १९२७ सम्म एकेडेमीका प्रमुख पदमा मानिसहरू चुनिए। अध्यक्ष डगलस फेयरबैंक बने। यही एकेडेमीले सन् १९२९ देखि हालसम्म ओस्कार अवार्ड वितरण गर्दै आएको छ।

११ मे १९२७ मा अमेरिकी फिल्म क्षेत्रका प्रतिष्ठित हस्तिरूको भोज आयोजना गरियो। सहभागीमध्ये २३० मानिसले १०० डलर तिरेर एकेडेमीको सदस्यता लिए।

शुरुका अवार्ड वितरण समारोहलाई उत्कृष्ट निर्माता, निर्देशक, अभिनेता, प्राविधिक र लेखक गरी पाँच विधामा विभाजन गरिएको थियो। पहिलो ओस्कार अवार्ड समारोह १६ मे १९२९ मा भएको थियो।

१६ मे १९२९ मा हलिउडको रुजवेल्ट होटलमा २७० जना पाहुनालाई एउटा निजी पार्टीमा आमन्त्रित गरेर पहिलो ओस्कार अवार्ड वितरण गरिएको थियो। यस कार्यक्रमका लागि टिकट चार डलर तोकिएको थियो। त्यसमा न मिडिया बोलाइएको थियो, न त दर्शक नै।

पहिलोपटकको ओस्कार अवार्डका विजेता तीन महिनाअघि नै घोषणा गरिएको थियो। दोस्रो ओस्कार अवार्डदेखि पुरस्कार वितरण गरिने रातको ११ बजे पत्रिकाहरूलाई विजेताहरूको सूची दिन थालियो।

सन् १९४० मा लस एन्जल्स टाइम्सले समारोहअघि नै विजेताहरूको घोषणा गरेको थियो। त्यसपछि विजेताहरूको नाम बन्द खाममा खुलासा गर्ने परम्परा बसालिएको छ, जुन आजसम्म कार्यान्वयनमा छ।

ट्रफी कसरी बनाइएको थियो ?

सबैभन्दा पहिलो ट्रफी एमजीएम स्टुडियोका कला निर्देशकले तयार पारेका थिए। उनले रिलमाथि तरबार समातेर उभिएको योद्धाको संरचना बनाए। मूर्तिकार जर्ज स्टेनलीले यस संरचनालाई अन्तिम रूप दिए।

९२.५ प्रतिशत टिन र ७.५ प्रतिशत तामा र सुनको लेप रहेको उक्त पुरस्कार १३ इन्च लामो र तीन दशमलव ८५ किलोको थियो। शुरुमा डिजाइन भएको अवार्ड २७०१ वटा वितरण भए।

इतिहासमा एकपटक काठको ट्रफी पनि तयार गरिएको थियो, जुन सन् १९३८ मा अमेरिकी अभिनेता एडगर बर्जेनलाई दिइएको थियो।

सन् १९५३ मा ओस्कार पहिलोपटक टेलिभिजनमा

१९२९-३० मा कुल १५ जनालाई ओस्कार अवार्ड दिइएको थियो। तर पनि अवार्ड कार्यक्रम सम्पन्न भएपछि मात्र मिडियाले यसबारे राम्रो कभरेज गरेका थिए।

सन् १९५३ मा पहिलोपटक टेलिभिजनमा पुरस्कार वितरण समारोह प्रत्यक्ष देखाइयो। उक्त समारोह प्रत्यक्ष प्रसारण गर्ने अधिकार एनबीसीलाई दिइएको थियो।

पहिलो उत्कृष्ट अभिनेतालाई दुई फिल्मबाट दुई अवार्ड

पहिलो उत्कृष्ट अभिनेताको अवार्ड ‘द लास्ट कमान्ड’ र ‘द वे अफ अल फ्लेस’ फिल्मका लागि एमिल जेनिङ्सलाई दिइएको थियो। पुरस्कार समारोहअघि उनलाई युरोप जानुपर्ने भएकाले एकेडेमीले पहिले नै उनलाई यो पुरस्कार प्रदान गरेको थियो। एमिलले दुईवटा चलचित्रका लागि दुई पुरस्कार प्राप्त गरेका थिए। तर, पछि उत्कृष्ट अभिनेता एउटा फिल्मबाट छान्ने चलन बस्यो।

सन् १९५७ देखि विदेशी भाषाको विधामा पुरस्कार

सन् १९५७ मा एकेडेमी अवार्डले सर्वश्रेष्ठ विदेशी भाषाको विधा बनायो। त्यसपछि विश्वभर बन्ने फिल्महरूबीच प्रतिस्पर्धा हुने बाटो खुल्यो।

मनोनयनका लागि फिल्मले पूरा गर्नुपर्ने शर्त

ओस्कारका लागि मनोनित भएको फिल्मले केही शर्त पूरा गर्नुपर्छ। ती कम्तिमा ४० मिनट लामो हुनुपर्छ। फिल्म ३३ एमएम या ७० एमएमको प्रिन्टमा २४ फ्रेम प्रतिसेकेन्ड वा ४८ फ्रेम प्रतिसेकेन्डमा हुनुपर्छ। यसको रिजोलुसन पनि १२८० गुणन ७२० हुनुपर्छ।

साथै, अवार्डमा अघिल्लो वर्षको १ जनवरीदेखि ३१ डिसेम्बरको मध्यरातमा सार्वजनिक भएका फिल्म मात्र छनोट हुन्छन्।

विजेताहरूले पुरस्कार बेच्न पाउँदैनन्

ओस्कार अवार्ड विजेतालाई उक्त पुरस्कार बिक्री गर्ने अधिकार छैन। यदि विजेतालाई बेच्नैपर्ने भयो भने पुरस्कार एकेडेमीलाई नै बिक्री गर्नुपर्छ।

मङ्गलबार, चैत १५, २०७८ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

मधेसमा लागूऔषधविरुद्ध अभियान, तीन वर्षमा दुई हजार ८११ जना पक्राउ
सुनचाँदीको मूल्य बढ्यो
कङ्गोमा एडीएफका दुई आक्रमणमा ३२ जना सर्वसाधारण मारिए
भानुभक्तको सालिक तोडफोडको आरोपमा कुँवर पक्राउ
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
केही प्रदेशमा भारी वर्षाको सम्भावना, सतर्कता अपनाउन आग्रह

भर्खरै

  • १.
    मधेसमा लागूऔषधविरुद्ध अभियान, तीन वर्षमा दुई हजार ८११ जना पक्राउ

  • २.
    सुनचाँदीको मूल्य बढ्यो

  • ३.
    कङ्गोमा एडीएफका दुई आक्रमणमा ३२ जना सर्वसाधारण मारिए

  • ४.
    गेटाको गाँठो : शक्ति केन्द्रहरूलाई किन असहज डा. केसीको माग ?

  • ५.
    भानुभक्तको सालिक तोडफोडको आरोपमा कुँवर पक्राउ

  • ६.
    यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य

  • ७.
    केही प्रदेशमा भारी वर्षाको सम्भावना, सतर्कता अपनाउन आग्रह

  • ८.
    यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

धर्मदेवी मिडिया प्रा. लि. द्वारा सञ्चालित

www.nepaliheadline.com

सूचना विभाग दर्ता नम्बर

२६७३/०७७-७८

प्रधान सम्पादक : उपेन्द्र पोखरेल

सह-सम्पादक : दीपक उपाध्याय नेपाल

संवाददाता : अस्मिता अधिकारी

प्रधान कार्यालय

गठ्ठाघर, भक्तपुर

विज्ञापनका लागि सम्पर्क
९८२०२२९३७६

Copyright ©2026 Nepaliheadline | All rights Reserved.
 Website By :  nwTech.