काठमाडौँ । सल्यानमा एक प्रहरी जवान मृत भेटिएको छ । इलाका प्रहरी कार्यालय श्रीनगरमा कार्यरत प्रहरी जवान पवन केसी मृत भेटिएका हुन् ।
Advertisement
गएराति १० देखि २ बजेसम्म ड्युटीमै रहेका उनी मंगलबार बिहान मृत फेला परेको प्रहरीले जनाएको छ । घटना के भएको भन्ने नखुले पनि लडेर मृत्यु भएको प्रहरीले अनुमान गरेको छ ।
बिहान स्थानीयबासीले शव देखेपछि प्रहरीलाई खबर गरिएको थियो । मृतक प्रहरी जवान केसी रुकुम पश्चिमको मुसिकोट १३ छिवाङका हुन् ।