अमेरिकी ड्रामा फिल्म ‘कोडा’ले ९४ औँ ओस्कर अवार्ड हात पारेको छ । ‘चाइल्ड अफ डेफ एडल्ट्स’ (कोडा)लाई सोमबार लस एन्जलसको डल्बी थिएटरमा आयोजित समारोहमा ओस्कर अवार्ड प्रदान गरिएको हो ।
सियान हेदर निर्देशित फिल्ममा एमिलिया जोन्स, युजिनियो डर्बेज, ट्रोय कोत्सुर, फर्डिया वाल्स पिलो, डेनियल डुरान्ट, मार्ली माटलिनलगायतको अभिनय छ । कान सुन्न नसक्ने परिवारमा एक मात्र कान सुन्ने सदस्यले माछा मार्ने व्यवसाय चलाउँदै परिवार पाल्न गरेको जीवन संघर्ष यस फिल्मको मुख्य कथावस्तु हो । सोही फिल्मले यस वर्षको ओस्कर अवार्ड जितेको छ ।
यस्तो छ यस वर्षको ओस्कर अवार्डको सूची
बेस्ट फिल्मः कोडा
बेस्ट एक्ट्रेसः जेसिका चेस्टन- द आइज अफ टेमी फाय
बेस्ट एक्टरः विल स्मिथ- किङ रिचर्ड
बेस्ट सपोर्टिङ एक्ट्रेसः आरियाना डिबोस- वेस्ट साइड स्टोरी
बेस्ट सपोर्टिङ एक्टरः ट्रोय कात्सुर- कोडा
बेस्ट डाइरेक्टरः जेन क्याम्पियन- द पावर अफ डग
बेस्ट एनिमेटेड फिल्मः एनक्यान्टो
बेस्ट डकुमेन्ट्रीः समर अफ सोल
बेस्ट ओरिजनल सङः नो टाइम टु डाइ
बेस्ट सिनेमेटोग्राफीः ग्रेग फ्रेजर