बहुमूल्य धातु पुल्ली उत्खनन् गर्ने पाँच जना पक्राउ परेका छन् । खोटेहाङको गाउँपालिका ३ सावाकटहरेमा पुल्ली उत्खनन् गरेको अभियोगमा उनीहरूलाई पक्राउ गरेको हो ।
Advertisement
पक्राउ पर्नेमा पाचँथर फिदिम नगरपालिका ९ बस्ने ५१ वर्षीय गोकुल आङ्दाङबे, २४ वर्षीय अशोक आङ्दाङबे, २६ वर्षीय झिलन आङ्दाङबे, ५७ वर्षीय डिल्ली आङ्दाङबे र झापा धाइजन गाउँपालिका ७ बस्ने ७३ वर्षीय सुन बहादुर चेम्जोङ रहेका छन् ।
बहुमूल्य धातु पुल्लीको उत्खनन् भइरहेको भन्ने सूचनाको आधारमा इलाका प्रहरी कार्यालय खोटाङ बजारबाट खटिएको प्रहरीले उनीहरूलाई पक्राउ गरेको हो ।
उनीहरूको साथबाट दुई थान सेतो कालो पाटे पुल्ली, १ थान कालो भेडी सेतो, १ थान कालो टेका भेडी, २ थान रातो टेका माला, ६ थान खैरो टेका माला र ५ थान बेल्चा प्रहरीले बरामद गरेको छ ।