काठमाडौँ । त्रिकोणात्मक टी–२० सिरिजका लागि आज नेपालले पपुवा न्युगिनी (पिएनजी)सँग खेल्ने भएको छ । खेलमा रोहित पौडेल पनि थपिएका छन् ।
Advertisement
नेपाल क्रिकेट संघ (क्यान)ले रोहितलाई टिममा समावेश गरेको जानकारी दिएको हो । पीएनजीविरुद्धको एकदिवसिय सिरिजमा मात्र रहेका रोहितलाई टी–२० का लागि पनि टोलीमा स्थान दिइएको हो ।
त्रिवि क्रिकेट मैदानमा हुने नेपाल र पीएनजीबीचको खेल दिउँसो १२ः३० बजेदेखि सुरु हुने छ । नेपालले पीएनजी र मलेसियासँग त्रिकोणत्मक सिरिज खेल्दै छ ।
रोहितले यसअघि पीएनजीविरुद्ध शतक प्रहार गरेका थिए । उनले १२६ रन बनाएका थिए ।
यस्तै, पिएनजीविरुद्ध भएको यसअघिको दुई खेलमा नेपाल पराजित भएको थियो ।