काठमाडौँ । सत्ता गठबन्धन दल नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ मेरियट होलट पुगेका छन् । नेपाल भ्रमणमा रहेका चिनियाँ विदेशमन्त्री वाङ यीलाई भेट्न उनी मेरियट पुगेका हुन् ।
Advertisement
प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र वाङको भेटवार्ता नसकिँदै प्रचण्ड मेरियट पुगेका हुन् । तीन दिने नेपाल भ्रमणमा रहेका वाङ आजै स्वदेश फर्किंने कार्यतालिका रहेको छ ।