काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेपाल भ्रमणमा रहेका चिनियाँ विदेशमन्त्री वाङ यीबीच भेट वार्ता भएको छ ।
Advertisement
अध्यक्ष ओली विदेशमन्त्री वाङलाई भेट्न नक्सालस्थित मेरियट होटेल पुगेका थिए । ओलीसँगै एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलसहित नेताहरू सहभागी भएका छन् ।
सोही होटलमा चिनियाँ विदेशमन्त्री र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ पनि भेटवार्ता हुँदै छ ।