काठमाडौँ । तीन दिने नेपाल भ्रमणमा रहेका चिनियाँ विदेशमन्त्री वाङ यीसँग भेट गर्न नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली नक्सालस्थित मेरियट होटल पुगेका छन् ।
Advertisement
एमाले अध्यक्ष ओली र चिनियाँ विदेश मन्त्रीबीच आज भेटवार्ता हुने कार्यतालिका रहेको छ । सोही नेकपा माअोवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र चिनियाँ विदेशमन्त्री वाङबीच पनि भेटवार्ता हुने भएको छ ।
गत शुक्रबार काठमाडौँ आइपुगेका वाङ आजै स्वदेश फिर्ता हुने भएका छन् ।