काठमाडौँ । आगामी वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनका लागि बागलुङमा १३ दल दर्ता भएका छन् । जिल्ला निर्वाचन कार्यालयका अनुसार ६ ठूला दलबाहेक १३ साना दलले निर्वाचनका लागि दल दर्ता गराएका हुन् ।
Advertisement
निर्वाचन आयोगले दलहरूलाई आफ्नै निर्वाचन चिन्ह लिनका लागि यही चैत ४ गतेदेखि ६ गतेसम्म आवेदन दिन समय दिएको थियो । आयोगले तोकेको समयमा बागलुङमा क्रियाशील रहेका १३ दलले आफ्नै निर्वाचन चिन्हका लागि विवरण बुझाएका छन् ।
जिल्ला निर्वाचन कार्यालय बागलुङका प्रमुख नारायणदत्त शर्माका अनुसार राष्ट्रिय मान्यता प्राप्त दल नेपाली कांग्रेस, नेकपा एमाले, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादीलगायत १३ दलले चिन्हका लागि विवरण बुझाएको हो ।
यसअघि २०७४ सालमा भएको निर्वाचनमा बागलुङमा आठ दल मात्रै निर्वाचनमा सहभागी भएका थिए ।