काठमाडौँ । नेकपा एमालेको केन्द्रीय कमिटी तेस्रो बैठकमा आशन्न स्थानीय तहको निर्वाचनमा अन्य दलसँग पनि तालमेल गर्ने विषयमा छलफल चलाएको छ ।
Advertisement
पार्टी अध्यक्ष केपी शर्मा ओलीले सकेसम्म एक्लै चुनाव लड्ने र आवश्यक परे तालमेल हुन सक्नेबारेमा छलफल गराएका हुन् । उनले निर्वाचनमा मूलतः एक्लै विजय हासिल गर्ने तयारीका साथ अगाडि बढ्नुका साथै आवश्यक परे तालमेलसम्म गर्ने जनाएका हुन् ।
तालमेलको विकल्प खुला राख्दै ओलीले सो बारेमा प्रदेश कमिटीलाई जानकारी मात्र होइन, सहमति पनि लिनु पर्ने निर्देशन दिए ।