• हाेमपेज
  • साउथ एसिया
  • लङरिड
  • देशभर
  • अन्य
    • दृष्टि/संवाद
    • हेल्थ
    • विश्व/भूराजनीति
    • विज्ञान/प्रविधि
    • खेलकुद
    • टिप्स
    • इलेक्सन वाच
    • सिनेमा/आर्ट्स
    • कल्चर/हेरिटेज
×
आइतबार, साउन १०, २०८३
    • हाेमपेज
    • साउथ एसिया
    • लङरिड
    • देशभर
    • अन्य
      • दृष्टि/संवाद
      • हेल्थ
      • विश्व/भूराजनीति
      • विज्ञान/प्रविधि
      • खेलकुद
      • टिप्स
      • इलेक्सन वाच
      • सिनेमा/आर्ट्स
      • कल्चर/हेरिटेज

भर्खरै

मधेसमा लागूऔषधविरुद्ध अभियान, तीन वर्षमा दुई हजार ८११ जना पक्राउ

सुनचाँदीको मूल्य बढ्यो

कङ्गोमा एडीएफका दुई आक्रमणमा ३२ जना सर्वसाधारण मारिए

गेटाको गाँठो : शक्ति केन्द्रहरूलाई किन असहज डा. केसीको माग ?

भानुभक्तको सालिक तोडफोडको आरोपमा कुँवर पक्राउ

यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य

केही प्रदेशमा भारी वर्षाको सम्भावना, सतर्कता अपनाउन आग्रह

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

विश्‍व घटना : थाइल्यान्ड र कम्बोडियाका पौने २ लाखले छाडे घरबार !

लोकप्रिय समाचार

  • १. राशिफल : कन्या- आतिथ्य सम्मान, मकर- मित्रता बढ्ने

  • २. राशिफल : वृष- कर्मयोगमा वृद्धि, सिंह- पारिवारिक जमघट

  • ३. राशिफल : कन्या- विशेष उपहार, धनु- मिष्‍ठान्‍न भोजन

  • ४. राशिफल : कन्या- मुद्दा-मामिलामा विजयी, मकर- सुखद समाचार

  • ५. झटारो : कर काठमाडौंमा, चर्चा साँडेपानीमा !

  • ६. ‘एक नेता, अनेक दाबी!’ सुदूरपश्चिममा मुख्यमन्त्रीको दौड, आफ्नै दलभित्र विश्वासको संकट

  • ७. सुदूरपश्‍चिममा सत्ता खेल : मुख्यमन्त्री बन्‍ने रहर सबैलाई, आफ्नै सांसदको छैन भर कसैलाई !

  • ८. राशिफल : वृष- भ्रमण, सिंह- रमाइलो यात्रा

  • ९. स्वास्थ्यमा धनगढीको फड्को, आधुनिक उपचार अब आफ्नै शहरमा

  • १०. रक्त अभाव टार्न कैलालीमा दोश्रो घुम्ती रक्तदान, ४२ युनिट रगत संकलन

चुनावमा हारेका पुष्करसिंह धामीलाई भाजपाले किन दोहोर्‍यायो मुख्यमन्त्रीमा?


बुधबार, चैत ०९, २०७८ मा प्रकाशित

Advertisement

११ दिनको रस्साकस्पछि भारतीय जनता पार्टी (भाजपा)ले आखिरमा पुष्करसिंह धामीलाई नै उत्तराखण्डको मुख्यमन्त्री पद सुम्पिने निर्णय गर्‍यो। धामीले मुख्यमन्त्रीको सपथ लिएपछि उनको नयाँ मन्त्रिपरिषद्ले पनि सपथ लिने समयतालिका छ। सपथग्रहण समारोह देहरादूनको परेड ग्राउन्डमा हुनेछ। भाजपाले सोमबार धामीलाई पुनः उत्तराखण्डको मुख्यमन्त्री बनाउने निर्णय गरेको थियो।

देहरादुनमा बसेको दलको बैठकपछि रक्षामन्त्री राजनाथ सिंहले यो घोषणा गरेका हुन्। भाजपाले धामीको नेतृत्वमा राज्यको चुनाव लडेको थियो। र, पार्टीले राज्यको ७० सिटमध्ये ४७ मा जित्यो। स्वयं धामीले भने उनको सिट बचाउन सकेनन्। हारेको व्यक्ति मुख्यमन्त्री भएपछि ६ महिनाभित्र राज्यको कुनै सिटमा चुनाव जितेर विधायक बन्नु पर्नेछ। विगतमा पनि भारतका विभिन्न राज्यमा यस्तो अभ्यास भएको छ।

केही समयअघि मात्रै पश्चिम बंगालको मुख्यमन्त्री ममता बेनर्जीको पार्टीले राज्यमा महत्त्वपूर्ण जित हासिल गर्दा उनले भने हारेकी थिइन्। तथापि, उनी नै मुख्यमन्त्री चुनिइन्। पछि उनले अर्को निर्वाचन क्षेत्रबाट उमेद्वारी दिएर जित हासिल गरिन्।

भाजपाले उत्तराखण्डका अतिरिक्त गोवा र मणिपुरमा पनि पुरानै नेतालाई मुख्यमन्त्री पदमा दोहो¥याउने निर्णय गरेको छ। अब गोवामा प्रमोद सावन्त मुख्यमन्त्री बन्नेछन् भने मणिपुरमा वीरेन सिंहले आइतबार नै मुख्यमन्त्री पदको सपथ लिइसकेका छन्।

अहिलेको निर्णय सन् २०२४ को आम निर्वाचनलाई मध्यनजर राखेर लिएको जस्तो देखिन्छ। धामी र सावन्त दुवैलाई चुनावको केहीअघि मात्र मुख्यमन्त्री बनाइएको थियो। उनीहरूले नेतृत्व गरेका राज्यमा पार्टीले राम्रो मत ल्याएको छ। भाजपाले उत्तराखण्डका ७० राज्यसभा सिटमा ४७ सिट जित्यो भने गोवाको कुल ४० सिटमा २० भाजपाले जितेको छ।

भारतीय पत्रिका द हिन्दूले गोवा र उत्तराखण्डमा नेतृत्व परिवर्तन नगर्ने निर्णय लिएर भाजपाले दुवै राज्यमा पार्टीको आन्तरिक शक्ति सन्तुलन स्थिर राख्न खोजेको उल्लेख गरेको छ।

बुधबार, चैत ०९, २०७८ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

मधेसमा लागूऔषधविरुद्ध अभियान, तीन वर्षमा दुई हजार ८११ जना पक्राउ
सुनचाँदीको मूल्य बढ्यो
कङ्गोमा एडीएफका दुई आक्रमणमा ३२ जना सर्वसाधारण मारिए
भानुभक्तको सालिक तोडफोडको आरोपमा कुँवर पक्राउ
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
केही प्रदेशमा भारी वर्षाको सम्भावना, सतर्कता अपनाउन आग्रह

भर्खरै

  • १.
    मधेसमा लागूऔषधविरुद्ध अभियान, तीन वर्षमा दुई हजार ८११ जना पक्राउ

  • २.
    सुनचाँदीको मूल्य बढ्यो

  • ३.
    कङ्गोमा एडीएफका दुई आक्रमणमा ३२ जना सर्वसाधारण मारिए

  • ४.
    गेटाको गाँठो : शक्ति केन्द्रहरूलाई किन असहज डा. केसीको माग ?

  • ५.
    भानुभक्तको सालिक तोडफोडको आरोपमा कुँवर पक्राउ

  • ६.
    यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य

  • ७.
    केही प्रदेशमा भारी वर्षाको सम्भावना, सतर्कता अपनाउन आग्रह

  • ८.
    यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

धर्मदेवी मिडिया प्रा. लि. द्वारा सञ्चालित

www.nepaliheadline.com

सूचना विभाग दर्ता नम्बर

२६७३/०७७-७८

प्रधान सम्पादक : उपेन्द्र पोखरेल

सह-सम्पादक : दीपक उपाध्याय नेपाल

संवाददाता : अस्मिता अधिकारी

प्रधान कार्यालय

गठ्ठाघर, भक्तपुर

विज्ञापनका लागि सम्पर्क
९८२०२२९३७६

Copyright ©2026 Nepaliheadline | All rights Reserved.
 Website By :  nwTech.