काठमाडौँ । स्थानीय तहको निर्वाचन नजिकिँदै गर्दा नेपाल प्रहरीका २५ जना प्रहरी नायब उपरीक्षक (डिएसपी)हरूको काज सरुवा भएको छ। प्रहरी प्रधान कार्यालयअन्तर्गत रहेको मानवस्रोत एवम् प्रशासन विभागले डिएसपीको सरुवा गरको जनाएको छ।
Advertisement
योसँगै कार्यालयले डिएसपी इञ्चार्ज हुने १० वटा जिल्ला प्रमुख परिवर्तन गरेको छ। कार्यालयले सोलुखुम्बु जिल्ला इञ्चार्जमा सुनिलजंग शाह, ताप्लेजुङमा कैलाश राई, पश्चिम रुकुममा विष्णु सोती र पूर्वी रुकुममा प्रकाश डाँगीलाई काज सरुवा गरिएको छ।
यस्तै, बागमती प्रदेश प्रहरी कार्यालय हेटौँडामा कार्यरत अंगुर जिसीलाई ललितपुर खटाइएको छ। यसैगरी, दार्चुलामा प्रतीक विष्ट, हुम्लामा कृष्ण ओझा, जाजरकोटमा सन्तोष निरौला र मनाङमा प्रेम सागर केसीलाई पठाइएको छ।

