काठमाडौँ विश्वकै प्रदूषित शहरको सूचीमा परेको छ । स्विस कम्पनी आक्युएयरले सार्वजनिक गरेको २०२१ वर्ल्ड एयर क्वालिटी रिपोर्टको सूचीमा काठमाडौँ विश्वको छैटौँ प्रदूषित सहर बनेको हो ।
Advertisement
त्यस्तै, देशका हिसाबले नेपाल प्रदूषितको सूचीको दशौँ नम्बरमा छ । तथ्यांकका अनुसार सन् २०२१ मा भारतको समग्र प्रदूषण तह खराब देखिन्छ ।
भारतको राजधानी नयाँ दिल्ली विश्वकै सबैभन्दा प्रदूषित शहर बनेको छ । दिल्ली लगातार चौथोँपटक सर्वाधिक प्रदूषित सहर बनेको हो । विश्वका सय प्रदूषित शहरमध्ये ६३ वटा भारतको मात्र रहेको प्रतिवेदनमा उल्लेख छ ।
कूल ११७ देशका ६ हजार ४७५ सहरको वायु गुणस्तर तथ्यांकमा आधारित प्रतिवेदनले सन् २०२१ मा विश्वव्यापी वायु गुणस्तरको एउटा सारांश प्रस्तुत गरेको छ ।