काठमाडौँ । सत्ता गठबन्धन दल नेकपा माओवादी केन्द्रका प्रवक्ता कृष्ण बहादुर महराका स्वकीय सचिवले पार्टी परित्याग गरेका छन्। महराका स्वकीय सचिव प्रमोद शर्माले स्थानीय निर्वाचन नजिकिँदै गर्दा माओवादी केन्द्र परित्याग गरेको जानकारी दिएका हुन्।
Advertisement
मंगलबार आफ्नो सामाजिक सञ्जालमार्फत शर्माले माओवादी केन्द्रमा साधारण सदस्यसमेत नहुने गरी पार्टी परित्याग गरेको जानकारी दिएका हुन्।
आगामी दिनमा स्वतन्त्र नागरिकको रुपमा रही देश र जनताको लागि सामाजिक भूमिका निर्वाह गर्दैअघि बढ्ने उनले बताए। जनताको निरन्तर सेवामा निस्वार्थ सकेजति भूमिकामा आफूलाई उभ्याउन कोशिस गर्ने उल्लेख गरे।