काठमाडौँ । सिन्धुलीको मरिण गाउँपालिका २ बाट करिब २८ केजी अवैध लागू औषध गाँजासहित दुई जना पक्राउ परेका छन्। पक्राउ पर्नेमा सोही ठाउँका ४० वर्षीय दल बहादुर मोक्तान र १८ वर्षीय किशोर रहेका छन्।
Advertisement
इलाका प्रहरी कार्यालय कपिलाकोटबाट खटिएको प्रहरीले उनीहरूलाई पक्राउ गरेको हो। उनीहरूको घर तथा आसपासमा तलासी गर्ने क्रममा प्याकिङ गरी राखेको अवस्थामा गाँजा फेला पारेको प्रहरीले जनाएको छ।