काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले निर्वाचन आयोगप्रति आपत्ति जनाएका छन्। पार्टीको पोलिटब्युरो बैठकलाई सम्बोधन गर्दै उनले स्थानीय तहमा चुनाव लड्न बहालवाला जनप्रतिनिधिले राजीनामा दिनु पर्ने मापदण्डमामाथि आपत्ति जनाएका हुन्।
Advertisement
मनोनयनका लागि दुई दिन समय दिएको र निर्वाचनको मत पत्रको रंग बदलेको विषयमा समेत अध्यक्ष ओलीले विरोध जनाएका थिए। उनले भने, ‘मनोनयनसँगै जनप्रतिनिधिले राजीनामा दिनु पर्छ भन्ने कुरा कुनै हिसाबले औचित्यपूर्ण छैन, कार्यकारिणी पद रिक्त राखेर जनताको सेवा गर्न सकिँदैन।’
उनले निर्वाचन आयोगले जारी गरेको आचारसंहिता एमालेविरुद्ध भएको दाबी गरे।