काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवा मोरङ जाने भएका छन्। जिल्लाको सुन्दरहरैंचा नगरपालिकाको प्रशासनिक भवन शिलान्यास र अस्पताल उद्घाटन गर्न उनी आज मोरङ गएका हुन्।
Advertisement
प्रधानमन्त्री देउवा आज बिहान सुन्दरहरैंचा ८ मा नगरपालिकाको प्रशासकीय भवन शिलान्यास र नगर अस्पताल उद्घाटन गर्ने छन्। सुन्दरहरैंचाको कार्यक्रमपछि प्रधानमन्त्री देउवा पाँचथर र खोटाङ पुग्ने छन्।
प्रधानमन्त्री सहभागी हुने तीन वटै जिल्लामा उच्च सुरक्षा सतर्कता अपनाइएको छ। आइतबार मोरङको लेटाङमा स्थानीयको आक्रमणबाट एकजना प्रहरी जवानको मृत्यु भएको थियो।
स्थिति नियन्त्रणमा लिन सोमबार बिहानैदेखि लेटाङको चार किल्लामा कर्फ्यु जारी भएको छ। लेटाङसँग सीमा जोडिएको पालिकामा प्रधानमन्त्री पुग्ने भएकाले सोही अनुसार सुरक्षा व्यवस्था गरिएको हो।