रुसले युक्रेनमाथि गरिरहेको ज्यादतीपूर्ण आक्रमणका कारण चार करोडभन्दा बढी जनसंख्यालाई चरम गरिबीतर्फ धकेल्ने एक अमेरिकी थिंक ट्यांकले चेतावनी दिएको छ।
युक्रेन युद्धका कारण विश्वव्यापी रूपमा खाद्य र ऊर्जाको मूल्यमा तीव्र बढोत्तरी देखिएको छ। अमेरिकी थिंक ट्यांक ‘सेन्टर फर ग्लोबल डेभेलपमेन्ट (सीजीडी)’ले रुसको ज्यादतीका कारण विश्वव्यापी गरिबी बढ्ने चेतावनी दिएको हो।
पूर्वसोभियत क्षेत्रको कृषि व्यापार विश्वभरका लागि कति महत्त्वपूर्ण छ भन्नेतर्फ सीजीडीले संकेत गरेको छ। युक्रेन र रुसले संसारको २९ प्रतिशत गहुँ उत्पादन गर्छन्। संसारमा रासायनिक मल बजारमा पु¥याउने मुलुकको सूचीमा रुस र बेलारुस छैटौँ स्थानमा छन्।
सीजीडीका अनुसार युक्रेन युद्धका कारण पर्ने असर विश्वव्यापी रूपमा देखिँदैछ। तर, त्यसबाट अत्यधिक प्रभाव गरिब मुलुकलाई पर्ने सीजीडीको प्रक्षेपण छ।
सीजीडीका विशेषज्ञहरूले कृषि उपज आयात खुला राख्न जी–२० मुलुकलाई सल्लाह दिएका छन्। कृषि उपजको कारोबारमा प्रतिबन्ध नलगाउन उनीहरूले सल्लाह दिएका छन्।