झापा । जिल्लाको बिर्तामोड नगरपालिका ५ मा एक महिलाको हत्या भएको छ। श्रीमातीलाई कुट्ने बिर्तामोड ५ का ४० वर्षीय श्रीमान कमल राउतलाई प्रहरीले पक्राउ गरेको छ।
Advertisement
बुधबार राति राउतले घरायसी विवादका कारण श्रीमती ३९ वर्षीय खेमजुङ गुरुङलाई कुटपिट गरेका थिए । कुटाईबाट घाइते भएकी खेमजुङको थप उपचारका लागि विराटनरस्थित नोवेल अस्पताल लगिएकोमा मृत्यु भएको हो।
घटनामा संलग्न राउतलाई इलाका प्रहरी कार्यालय अनारमनीले पक्राउ गरी अनुसन्धान सुरु गरेको जिल्ला प्रहरी कार्यलय झापाले जनाएको छ ।