नयाँदिल्ली- क्याल्सियम मानव शरीरको रुचिकर मिनरल हो। यसको आपूर्ति दूध, दही र पनिरबाट हुन्छ।
स्वस्थ हड्डी र मुटुका लागि क्याल्सियम अत्यावश्यक छ। नेसनल इन्स्टिच्युट अफ हेल्थका अनुसार हाम्रो शरीरमा अधिक मात्रामा क्याल्सियम मौजुद हुन्छ। मानव शरीरको तौलको २ प्रतिशत हिस्सा क्याल्सियमको हुन्छ।
मानव शरीरमा हमेशा १२ सय ग्राम क्याल्सियम हुनुपर्छ। र, त्यसको ९९ प्रतिशत हिस्सा हड्डीहरूमा हुन्छ। यदि क्याल्सियमको कमी भयो भने हड्डीहरू कमजोर बन्न पुग्छन्।
लोकप्रिय जर्नल बीएमसी हेल्थमा प्रकाशित अध्ययनको रिपोर्टअनुसार रातिको खानामा ५ प्रतिशत कम गरेर बिहानको नास्तामा ग्रहण गरियो भने मुटुरोगको जोखिम ६ प्रतिशत कम हुन्छ।
खासमा, क्याल्सियम हाम्रो शरीरमा कार्डियाक फंक्सनिङ, कोलेस्टेरोल लेभल इम्प्रुम गर्न र रक्तचाप नियन्त्रणमा राख्न अति महत्त्वपूर्ण हुन्छ। अझ, शरीरको विकास क्रम अर्थात बालबालिकादेखि किशोर-किशोरीका लागि यो महत्त्वपूर्ण हुन्छ।
त्यसैले हड्डीहरूको विकास, स्वास्थ्य र शरीर फिट राख्न क्याल्सियम अति महत्त्वपूर्ण हुने गर्छ। मोनोपज अर्थात महिनावारी सुकेका महिलाको हड्डीको मजबुतीका लागि पनि यसको खास भूमिका रहन्छ।
क्याल्सियमले शरीरमा ब्लड क्लटिङ क्षमता बढाउन क्याल्सियमको मुख्य भूमिका रहन्छ। त्यसका लागि अन्य केमिकल्स र पोषकतत्त्वहरू पनि आवश्यक हुन्छन्। तर, क्याल्सियमको भूमिका तिनको भन्दा ज्यादा हुन्छ। कुनै पनि चोटका कारण हुने रक्तश्राव रोक्न पनि क्याल्सियमको भूमिका रहन्छ।
क्याल्सियमले मुटुका धमनी आसपासका मांशपेशीलाई आराम दिएर हर्ट फंक्सनिङलाई राम्रो बनाउँछ। र, यसले उच्च रक्तचापलाई पनि नियन्त्रणमा राख्त।
शरीरका मांशपेशीलाई सहज रूपमा काम गराउन क्याल्सियमको नै मुख्य भूमिका रहन्छ। जब मांशपेशीहरू उत्तेजित हुन्छन्, क्याल्सियमले सन्तुलनमा राख्छ।
महिलामा गर्भावस्थाका दौरान हाइपरटेन्सनको कन्डिसन बन्छ। त्यसलाई प्रिक्लेप्सिया भनिन्छ। सोही कारण गर्भावस्थामा क्याल्सियमको नियमित सेवन अत्यावश्यक हुन्छ। त्यसबाट रक्तचाप नियन्त्रणमा रहन्छ।
कोलेस्टेरोल लेभल राम्रो बनाइराख्न पनि क्याल्सियमकै भूमिका रहन्छ। त्यसबाट हृदयाघातको जोखिम टाढा रहन्छ। फुड एन्ड न्युट्रिसन बोर्डको सन् २०२२ ले पनि शरीरमा क्याल्सियमको आवश्यकताबारे अध्ययन गरेको थियो। उक्त रिपोर्टअनुसार महिलालाई पनि पुरुषसरह क्याल्सियम आवश्यक हुन्छ। तथापि, गर्भावस्था र महिनावारी सुकेपछि महिलालाई पुरुषको भन्दा ज्यादा क्याल्सियम आवश्यक हुन्छ।
मानव शरीरको रगतको १ डेसिलिटरमा क्याल्सियमको मात्रा कम्तिमा ८.५ मिलिग्राम अत्यावश्यक हुन्छ। त्यसभन्दा कम भएमा अनेक प्रकारका कमजोरीसँग जुध्नुपर्छ।
शरीरमा कुनै पनि प्रकारका मिनरल र पोषकतत्त्वको कमी भएमा तिनलाई भोजनबाट आपूर्ति गर्नुपर्छ। तथापि, अवस्था गम्भीर देखिएमा चिकित्सकहरूले सप्लिमेन्ट्स दिन्छन्।
हाम्रो शरीरले जति पनि क्याल्सियमयुक्त खानेकुरा ग्रहण गर्छ, तिनलाई अवशोषित गर्न भिटामिन-डीको आवश्यकता हुन्छ। भिटामिन-डीको मुख्य स्रोत सूर्यको किरण हो। त्यसबाहेक अण्डा, च्याउ, चिज, माछा, फोर्टिफाइड दूध र फोर्टिफाइड अन्नबाट भिटामिन-डीको पूर्ति हुन्छ। त्यसैले शरीरमा क्याल्सियम पूर्ति गर्न क्याल्सियमयुक्त खानेकुराका साथमा भिटामिन-डीयुक्त खानेकुरा पनि अत्यावश्यक हुन्छ।