काठमाडौँ । रौतहटमा गाडीको ठक्करबाट दुई जनाको मृत्यु भएको छ। घटनामा दुई प्रहरी घाइते भएका छन्।
Advertisement
रौतहटको वृन्दान्दावन नगरपालिका ६ हर्षाहमा चन्द्रनिगाहपुरबाट गरुडातर्फ जाँदै गरेको बा १७ च ६१६३ नम्बरको महेन्द्रा पिकअपको ठक्करबाट बृन्दाबनका ३७ वर्षीय जीतेन्द्र पटेल र २७ वर्षीय हरि कुमार ठाकुरको मृत्यु भएको हो।
प्रहरीले गाडी जाँच गर्न रोक्न खोज्दा अनियन्त्रित भई पान पसल र मोटरसाइकल ठोक्किएको प्रहरीले जनाएको छ।
गाडीको ठक्करबाट प्रहरी चौकी हर्षाहमा कार्यरत प्रहरी सहायक निरीक्षक उपेन्द्र प्रसाद यादव र प्रहरी जवान मुर्तुजा अन्सारी घाइते भएका जिल्ला प्रहरी कार्यलय रौतहटले जनाएको छ।