काठमाडौं- काठमाडौं महानगरपालिका-१५ बिजेश्वरीस्थित सडकमा बा.८५ प ५०६० नम्बरको मोटरसाइकल र बा.४९ प ६१२३ नम्बरको स्कुटर एक आपसमा ठक्कर खाई बुधबार बिहान दुर्घटनामा हुँदा स्कुटर चालक नागार्जुन नगरपालिका-१ रानीवन बस्ने धादिङ ज्वालामुखी गाउँपालिका-४ घर भएका ३५ वर्षीय हरी दुवाडीको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको मनमोहन मेमोरियल अस्पताल स्वयम्भूमा उपचारको क्रममा मृत्यु भएको हो । मोटरसाइकल चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
नवलपरासी (पूर्व) देवचुली नगरपालिका-१५ धौलागिरी चोकमा लु.१ ख ४३१९ नम्बरको बस र ना.६ ख १७२१ नम्बरको ट्रक एकआपसमा ठक्कर खाई मंगलबार राति दुर्घटना हुँदा बसमा सवार रूपन्देही घर भएकी ३७ वर्षीया मायादेवी पाण्डेको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएकी उनको नयाँ मेडिकल कलेज चितवनमा उपचारको क्रममा मृत्यु भएको हो । बस र ट्रकका चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।