• हाेमपेज
  • साउथ एसिया
  • लङरिड
  • देशभर
  • अन्य
    • दृष्टि/संवाद
    • हेल्थ
    • विश्व/भूराजनीति
    • विज्ञान/प्रविधि
    • खेलकुद
    • टिप्स
    • इलेक्सन वाच
    • सिनेमा/आर्ट्स
    • कल्चर/हेरिटेज
×
बिहिबार, भदौ २५, २०८३
    • हाेमपेज
    • साउथ एसिया
    • लङरिड
    • देशभर
    • अन्य
      • दृष्टि/संवाद
      • हेल्थ
      • विश्व/भूराजनीति
      • विज्ञान/प्रविधि
      • खेलकुद
      • टिप्स
      • इलेक्सन वाच
      • सिनेमा/आर्ट्स
      • कल्चर/हेरिटेज

भर्खरै

आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर

विश्‍व घटना : पोल्यान्डको आकाशमा दर्जनौं रुसी लडाकु ड्रोन !

राशिफल : वृश्‍चिक- मान-सम्मान, धनु- स्वादिष्‍ट भोजन

अदालती मुद्दाको चाप घटाउन मेलमिलाप विधेयकः मन्त्री गौतम

बाढीबाट प्रभावित नागरिकको आक्रोशलाई राज्यप्रतिको अपेक्षा र अन्तिम गुहारका रूपमा बुझ्नुपर्छः सभापति लामिछाने

थाई विद्यालयमा शिक्षिकाको हत्या

परराष्ट्रमन्त्री खनालसँग श्रीलङ्काकी राजदूत डेल्पिटियाको भेट

वर्षान्तको बजेट खर्च रोक्ने मधेसको नयाँ परीक्षण

भक्तपुरमाः आज पञ्चदान पर्व मनाइँदै

लोकप्रिय समाचार

  • १. राशिफल : कर्कट- नयाँ काम, मीन- उद्योगमा फाइदा

  • २. हे प्रकृति तिम्रो न्याय यही हो ?

  • ३. राशिफल : तुला- तीर्थाटन, वृश्‍चिक- मनोरञ्‍जन

  • ४. राशिफल : वृष- अप्ठ्यारो सम्झौता, सिंह- आरामदायी यात्रा

  • ५. राशिफल : वृष- काम सम्पादन, सिंह- रमाइलो यात्रा

  • ६. राशिफल : मेष- आत्मीयता बढ्ने, कन्या- प्रशन्‍नता

  • ७. विपत्तिमा मल्हम लगाउँदै निर्माण व्यवसायी : प्रधानमन्त्री राहत कोषमा संघको २ लाख ११ हजार सहयोग

  • ८. राशिफल : वृश्‍चिक- काम बन्‍ने, कुम्भ- मनमा हर्ष

  • ९. भोटेकोशी बाढी पीडितलाई क्यासिनो एसोसिएसनको ८५ लाख २३ हजार

  • १०. राशिफल : वृश्‍चिक- मान-सम्मान, धनु- स्वादिष्‍ट भोजन

ललितपुर कांग्रेसमा चिरिबाबुसँगै भरतलाल र प्रेमकृष्णको चर्चा


    Avatar photo
बुधबार, चैत ०२, २०७८ मा प्रकाशित

ललितपुर । ललितपुर महानगरपालिकाको मेयरको उम्मेदवारको प्रबल दाबेदारका रूपमा बहालवाला मेयर चिरिबाबु महर्जनसँगै नेपाली कांग्रेसभित्र भरतलाल न्याछ्यों र प्रेमकृष्ण महर्जनको चर्चा चलेको छ ।

Advertisement

बहालवाला मेयर चिरिबाबु महर्जनको सोच, शैली, संस्कार र कार्यसम्पादनको विरोध गर्दै त्यसको विकल्पका रूपमा यी दुई जनाले आफूलाई प्रबल दाबेदारको रूपमा अघि सारेका छन् । कांग्रेसभित्र अबको मेयरको उम्मेदवारका लागि पार्टीको जिल्ला, क्षेत्र, नगर र वडाको इकाइ समितिमा पनि दुवैको नाम प्रखर रूपमा आएको छ ।

स्थानीय तहको निर्वाचन घोषणा हुनु अगाडिदेखि नै मेयरको उम्मेदवारीका लागि न्याछ्यों र महर्जनले विभिन्न समूह, तह र तप्कासँगै औपचारिक र अनौपचारिक भेटघाट गर्दै आउनुभएको छ । उहाँहरू दुवैले कांग्रेसको पार्टी सभापति शेरबहादुर देउवादेखि सबै पदाधिकारी र केन्द्रीय नेतासँग भेटेर मेयरको उम्मेदवारका लागि आआफ्नो दाबी प्रस्तुत गरिसकेको बताइएको छ ।

न्याछ्यों ललितपुर जिल्लामा पूर्वमन्त्री ओमकारप्रसाद श्रेष्ठपछिको सबैभन्दा पुराना र बौद्धिक नेता हुनुहुन्छ । २०३६ सालको जनमत संग्रहताका पूर्वप्रधानमन्त्री बीपी कोइरालाको भाषण सुनेर आफू प्रजातान्त्रिक आन्दोलनमा लागेको बताउने न्याछ्यों २०४९ साल असोज २० गते कांग्रेस जिल्ला कार्यसमितिको सहसचिव, पार्टीको नवौं महाधिवेशनपछि २०५२ साल र १२औं महाधिवेशनपछि २०६७ सालमा गरी दुईपटक नगरसभापतिसमेत भइसक्नुभएको छ ।

पार्टीको १३ र १४औं केन्द्रीय महाधिवेशनमा उहाँ प्रतिनिधिको भूमिकामा रहनुभएको थियो । उहाँ भन्नुहुन्छ– ‘कांग्रेसको राजनीतिमा निरन्तर लागिरहेको छु । अहिलेसम्म कुनै लाभको पद लिएको छैन । पार्टीमा गरेको त्याग, संघर्ष र क्षमतालाई हेरेर यसपटक आफ्नो मूल्यांकन हुनेमा म विश्वस्त छु ।’

न्याछ्यों यसअघिको स्थानीय तहको निर्वाचनमा पनि पार्टीभित्र मेयरको लागि प्रबल दाबेदार हुनुहुन्थ्यो । स्थानीय निकाय जनप्रतिनिधिविहीन हुँदाको लामो समय सर्वदलीय संयन्त्रमा रहेर न्याछ्योंले निर्वाह गर्नुभएका भूमिकाले मेयरको उम्मेदवारको स्वतः दाबेदारका रूपमा पार्टीभित्र नेता र कार्यकताले लिएका थिए ।

अर्का दाबेदार महर्जन २०४८ सालदेखि नै पार्टीभित्र निरन्तर सक्रिय हुनुहुन्छ । महर्जन २०५४ सालको स्थानीय निकायको निर्वाचनमा उपमेयरको उम्मेदवार र २०७४ सालमा भएको प्रदेशको निर्वाचनमा ललितपुर क्षेत्र नं २ ‘ख’ को उम्मेदवार हुनुहुन्थ्यो ।

महर्जनले आफू मेयर भएमा ललितपुरको भूगोल र सामथ्र्यअनुसार विकास गर्ने, यहाँका कला संस्कृति र सम्पदाको संरक्षण गर्ने, स्थानीय सरोकारवालावालासँग मिलेर विकास गर्ने एजेन्डा अघि सार्नुभएको छ ।

नेपाल समाचार पत्र बाट

बुधबार, चैत ०२, २०७८ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर
विश्‍व घटना : पोल्यान्डको आकाशमा दर्जनौं रुसी लडाकु ड्रोन !
राशिफल : वृश्‍चिक- मान-सम्मान, धनु- स्वादिष्‍ट भोजन
अदालती मुद्दाको चाप घटाउन मेलमिलाप विधेयकः मन्त्री गौतम
बाढीबाट प्रभावित नागरिकको आक्रोशलाई राज्यप्रतिको अपेक्षा र अन्तिम गुहारका रूपमा बुझ्नुपर्छः सभापति लामिछाने
थाई विद्यालयमा शिक्षिकाको हत्या

भर्खरै

  • १.
    आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर

  • २.
    विश्‍व घटना : पोल्यान्डको आकाशमा दर्जनौं रुसी लडाकु ड्रोन !

  • ३.
    राशिफल : वृश्‍चिक- मान-सम्मान, धनु- स्वादिष्‍ट भोजन

  • ४.
    अदालती मुद्दाको चाप घटाउन मेलमिलाप विधेयकः मन्त्री गौतम

  • ५.
    बाढीबाट प्रभावित नागरिकको आक्रोशलाई राज्यप्रतिको अपेक्षा र अन्तिम गुहारका रूपमा बुझ्नुपर्छः सभापति लामिछाने

  • ६.
    थाई विद्यालयमा शिक्षिकाको हत्या

  • ७.
    परराष्ट्रमन्त्री खनालसँग श्रीलङ्काकी राजदूत डेल्पिटियाको भेट

  • ८.
    वर्षान्तको बजेट खर्च रोक्ने मधेसको नयाँ परीक्षण

धर्मदेवी मिडिया प्रा. लि. द्वारा सञ्चालित

www.nepaliheadline.com

सूचना विभाग दर्ता नम्बर

२६७३/०७७-७८

प्रधान सम्पादक : उपेन्द्र पोखरेल

सह-सम्पादक : दीपक उपाध्याय नेपाल

संवाददाता : अस्मिता अधिकारी

प्रधान कार्यालय

गठ्ठाघर, भक्तपुर

विज्ञापनका लागि सम्पर्क
९८२०२२९३७६

Copyright ©2026 Nepaliheadline | All rights Reserved.
 Website By :  nwTech.