काठमाडौं– प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीबिच भेटवार्ता भएको छ। सिंहदरबारस्थित प्रधानमन्त्रीको कार्यालयमा बिहीबार बिहान प्रधानमन्त्री प्रचण्ड र अध्यक्ष ओलीबिच भेटवार्ता भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।
Advertisement
उनीहरूबीच उपनिर्वाचनको समीक्षा र समसामयिक विषयमा छलफल भएको बताइएको छ। इलाम-२ प्रतिनिधिसभा र बझाङ प्रदेशसभा-१ मा भएको उपनिर्वाचनमा एमाले विजयी भएको थियो।
त्यस्तै प्रदेश सरकार र गठबन्धनमा नेकपा एसका अध्यक्ष माधव नेपालको असन्तुष्टि बारेपनि छलफल भएको स्रोतले बतायो।