सुनसरी- बराहक्षेत्र नगरपालिका-१ कोशी पुलबाट प्रतिबन्धित लागूऔषधी सहित २ जना पक्राउ परेका छन।
ससस्त्र प्रहरी बेस क्याम्प चतराको टोलीले कोशी पुलमा चेकजाँच गर्ने क्रममा चतराबाट बेलका तर्फ जाँदै गरेको को ३२ प ७६२१मोटरसाइकल सवार बेलका ५ बस्ने वर्ष २८ मिलन राई र चौडण्डीगढी ३ बस्ने वर्ष ३५ को सुजिल राईलाई मोटरसाइकल र प्रतिबन्धित लागुऔषधि सहित पक्राउ गरेको कुरा सशस्त्र प्रहरी बेस क्याम्प चतराका निरीक्षक सकर कोइराला बताए।
उनीहरुले एफ जेट २५० सिसिको मोटरसाइकल डिकिमा प्रतिबन्धित लागुऔषधी Decolic २०० पिस र Tramanil २०० पिस लुकाइ छिपाई ओसारपसार गरिरहेको अबस्थामा बरामत गरेको कुरा निरीक्षक कोइरालाले बताए।

ससस्त्र प्रहरी बेस क्याम्प चतराको टोलीले विलबिजक नभएको सामान बरामद:- मोटरसाइकलको विभिन्न पाट पुर्जा मुल्य ४३,४५० तथा चिनी बोरा ५ र खैनि ३ बोरा मुल्य २०,१४० बराबरको बिल बिजक नभएको सामान बरामत गरि सुनसरी भन्सार कार्यालयलाई बुझाएको कुरा निरीक्षक सकर कोइराला बताए।
