• हाेमपेज
  • साउथ एसिया
  • लङरिड
  • देशभर
  • अन्य
    • दृष्टि/संवाद
    • हेल्थ
    • विश्व/भूराजनीति
    • विज्ञान/प्रविधि
    • खेलकुद
    • टिप्स
    • इलेक्सन वाच
    • सिनेमा/आर्ट्स
    • कल्चर/हेरिटेज
×
आइतबार, साउन १०, २०८३
    • हाेमपेज
    • साउथ एसिया
    • लङरिड
    • देशभर
    • अन्य
      • दृष्टि/संवाद
      • हेल्थ
      • विश्व/भूराजनीति
      • विज्ञान/प्रविधि
      • खेलकुद
      • टिप्स
      • इलेक्सन वाच
      • सिनेमा/आर्ट्स
      • कल्चर/हेरिटेज

भर्खरै

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

गेटाको गाँठो : शक्ति केन्द्रहरूलाई किन असहज डा. केसीको माग ?

विश्‍व घटना : थाइल्यान्ड र कम्बोडियाका पौने २ लाखले छाडे घरबार !

राशिफल : मकर- शत्रु परास्त, कुम्भ- धन आर्जन

झटारो : कर काठमाडौंमा, चर्चा साँडेपानीमा !

सुदूरपश्‍चिममा सत्ता खेल : मुख्यमन्त्री बन्‍ने रहर सबैलाई, आफ्नै सांसदको छैन भर कसैलाई !

टिपरको ठक्करबाट मृत्यु

मुगु कार्मारोङमा गएको पहिरोमा परी बालकको मृत्यु

कारागारबाट फरार माझी पक्राउ

लोकप्रिय समाचार

  • १. राशिफल : वृष- कर्मयोगमा वृद्धि, सिंह- पारिवारिक जमघट

  • २. राशिफल : कन्या- आतिथ्य सम्मान, मकर- मित्रता बढ्ने

  • ३. राशिफल : कन्या- विशेष उपहार, धनु- मिष्‍ठान्‍न भोजन

  • ४. राशिफल : कन्या- मुद्दा-मामिलामा विजयी, मकर- सुखद समाचार

  • ५. झटारो : कर काठमाडौंमा, चर्चा साँडेपानीमा !

  • ६. ‘एक नेता, अनेक दाबी!’ सुदूरपश्चिममा मुख्यमन्त्रीको दौड, आफ्नै दलभित्र विश्वासको संकट

  • ७. सुदूरपश्‍चिममा सत्ता खेल : मुख्यमन्त्री बन्‍ने रहर सबैलाई, आफ्नै सांसदको छैन भर कसैलाई !

  • ८. स्वास्थ्यमा धनगढीको फड्को, आधुनिक उपचार अब आफ्नै शहरमा

  • ९. रक्त अभाव टार्न कैलालीमा दोश्रो घुम्ती रक्तदान, ४२ युनिट रगत संकलन

  • १०. राशिफल : वृष- भ्रमण, सिंह- रमाइलो यात्रा

लगानी सम्मेलन बजारमा सामान किनबेच गरेजस्तो होइन : चेम्बर अध्यक्ष अग्रवाल


    Avatar photo
शनिबार, बैशाख १५, २०८१ मा प्रकाशित

काठमाडौँ- नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष कमलेशकुमार अग्रवालले लगानी सम्मेलन बजारमा सामान किनबेच गरेजस्तो नहुने बताउनुभएको छ । यसले दीर्घकालीन रुपमा प्रभाव पार्ने उहाँको भनाइ छ ।

Advertisement

“अहिले लगानीको सम्भावना र अवसर देखाउने हो । लगानीकर्तालाई नेपालबारे बुझाउने र लगानीका लागि आकर्षित गर्ने हो, यसको नतिजा दीर्घकालमा देखिन्छ”, उहाँले भन्नुभयो, “हामीले सोकेसमा राखेका परियोजनाको अवस्था हेरेर लगानीकर्ताले विकासको सम्भावना कति छ भनेर मूल्याङ्कन गर्नुहुन्छ । विस्तृत परियोजना प्रतिवेदन, वातावरणीय र प्राविधिक पक्षहरु पनि यसमा हेरिन्छ ।” विभिन्न देशका लगानीकर्ता जम्मा भएर यो सम्मेलन हुनु आफैँमा एउटा ठूलो उपलब्धि भएको उहाँको बुझाइ छ ।

उहाँले कोभिडपछि लगानीकर्ताको जोखिम बहन क्षमतामा ह्रास आएको बताउनुभयो । यस्तो बेलामा लगानीको ठूलो महत्व र आवश्यकता रहेकाले विकासको आवश्यकता पूर्ति गर्न ठूलो मात्रामा लगानी चाहिने उहाँले बताउनुभयो । “लगानी नभईकन रोजगारी सृजना हुन सक्दैन, नयाँ–नयाँ उद्योग–व्यवसाय सञ्चालन हुने अवस्थामा छैन,” उहाँले भन्नुभयो, “त्यसकारण लगानी सम्मेलनको आवश्यकता देखेर निजी क्षेत्र सहभागी भएको हो ।”

निजी क्षेत्र पनि सहआयोजक हुनु अघिल्ला दुई सम्मेलनभन्दा तेस्रो सम्मेलनको फरकपन भएको अग्रवालले स्पष्ट पार्नुभयो । सम्मेलनमा ५५ भन्दा बढी देशका लगानीकर्ताहरु आउँदैछन् । सम्मेलनका लागि एक सय ५० हाराहारीमा परियोजना सोकेसमा राखिएका छन् तर लगानी सम्मेलन यतिमा मात्र सीमित नहुने र लगानी प्राथमिकताका क्षेत्र पहिचान गरिसकेको उहाँले जानकारी दिनुभयो ।

उहाँले लगानीको वातावरणमा सुधार गरिएकोले त्यसको सन्देश लगानीकर्तालाई दिनु आवश्यक रहेको औँल्याउनुभयो । सरकारी पक्षबाट मात्र नभई निजी क्षेत्र–निजी क्षेत्र (बिटुबी) मा पनि सहकार्यका लागि सम्मेलन फलदायी हुने उहाँको आशा छ । ऊर्जा, पर्यटन, कृषि, सूचना प्रविधि, अन्य पूर्वाधार क्षेत्र लगानीका उत्कृष्ट क्षेत्रका रुपमा पहिचान भएका छन् ।

लगानीमैत्री वातावरण बनाउनका लागि सरकारले कानुनी सुधारको प्रक्रिया थालिसकेकाले केही ऐनलाई संशोधन गर्न ल्याउन लागिएको अध्यादेशमार्फत कानुनी सुधारका प्रयासहरुले मूर्त रुप लिँदै गएको अध्यक्ष अग्रवालको भनाइ छ । सरकारले लगानी सम्मेलनकै समयमा यस्ता कानुन सुधार गरेर लगानीकर्तालाई नेपालमा लगानीको वातावरण बन्दै गएको सन्देश दिन चाहेको उहाँले बताउनुभयो ।

“यो सम्मेलनले निजी क्षेत्रको आकाङ्क्षा पूर्ण रुपमा पूरा गर्छ भन्ने ठोकुवा गर्न नसके पनि यो सुरुआत हो, लगानीमैत्री वातावारण बनाउन तत्पर छाँै भनेर सरकारले प्रतिबद्धता पनि सम्मेलनमार्फत लगानीकर्तालाई गर्नेछ,” उहाँले भन्नुभयो, “सुधारको वातावरण बन्दै गएपछि स्वदेशी र विदेशी दुवै खालका लगानीकर्तालाई अवसर सृजना गर्नेछ ।”

पानी र लगानीको प्रकृति समान हुने उहाँले जिकिर गर्नुभयो । पानी र लगानी जता ओरालो छ, त्यतै बगे जस्तै हुने उहाँले उदाहरण दिनुभयो । कानुनी, प्रक्रियागत र प्रशासनिक सुधारका माध्यमबाट लगानीका लागि सहज वातावरण बनाएर लगानी सम्मेलनमा निजी क्षेत्रले लगानीका लागि ओरालो धराताल बनाउनुपर्ने उहाँको तर्क छ ।

यो दुईदिने लगानी सम्मेलनलाई सफलता र असफलतासँग दाँज्न नमिल्ने उहाँको बुझाइ छ किनभने नेपाल लगानीका लागि आकर्षक गन्तव्य हो भनेर एउटा आधार तयार पार्ने लक्ष्य मात्र भएकाले यसमा अरू धेरै सकारात्मक पक्षहरु लगानी सम्मेलनपछि बिस्तारै देखिँदै जानसक्ने उहाँले बताउनुभयो । अहिले सरकारले गरेको प्रतिबद्धताहरुले पनि त्यो आशा उहाँमा पलाएको हो ।

“नेपालमा लगानीका लागि उत्कृष्ट वातावरण बनेको छ भनेर सन्देश दिन सरकारले मुलुकको सार्वभौम साख मूल्याङ्कन (सोभरेन कन्ट्री रेटिङ) को प्रक्रिया सुरु गरिसकेको छ”, उहाँले भन्नुभयो, “कन्ट्री रेटिङ भएपछि नेपालको वास्तविक अवस्था बुझेर विदेशी लगानीकर्ताहरु त्यहाँका बैङ्क तथा वित्तीय संस्थाहरुबाट कर्जा लिएर आउँछन् । कर्जा लिएर लगानी गर्न उनीहरुलाई सहज हुन्छ ।” विभिन्न परियोजनामा लगानीका लागि हेजिङ, सम्भाव्यता न्यून परिपूर्ति कोष (भिजिएफ) लगायतका व्यवस्था सरकारले गरेको उहाँले जानकारी दिनुभयो । सबैभन्दा महत्वपूर्ण पक्ष समग्र वातावरण सहजीकरणका लागि सरकारले गरेको प्रतिबद्धता हो ।

अहिलेको कानुन संशोधन प्रक्रिया निजी क्षेत्रसँगको सल्लाह र सुझावका आधारमा अघि बढेकाले पनि सकारात्मक रुपमा उहाँले लिनुभएको छ । विदेशी लगानी भित्र्याउन मुख्य तीनवटा कुरा महत्वपूर्ण हुने उहाँको सुझाव छ । पहिलो सहज प्रवेश (इजी इन्ट्री), दोस्रो सहज निकास (स्मुथ एक्जिट) र तेस्रो लगानीको प्रतिफल फिर्ता लैजान सक्ने वातावरण (प्रोफिट रिपाट्रिएसन) हो । लगानीकर्ता नाफा कमाउनका लागि आउने भएकाले उनीहरुले यहाँ कमाएको नाफा सहज रुपमा आफ्नो देश लैजान वातावरण बनाउनुपर्ने अग्रवालको भनाइ छ ।

सम्मेलनका लागि विभिन्न देशबाट लगानीकर्ता आइरहेका छन् । सरकार र विदेशी लगानीकर्ताबीच मात्र नभई नेपालको निजी क्षेत्र र विदेशी निजी क्षेत्रबीच पनि विभिन्न सम्झौता र समझदारी यो सम्मेलनबाट हुने भनिएको छ । यस्तो अवस्थामा विभिन्न देशका लगानीकर्तासँगको सम्बन्ध स्थापना तथा विस्तारका लागि पनि सम्मेलन महत्वपूर्ण हुने अध्यक्ष अग्रवालले बताउनुभयो । “विभिन्न क्षेत्रसँग जोडिएका उद्यमी व्यवसायीहरुले बैठक र छलफल गर्ने भएका कारण पनि यो सम्मेलनले एउटा महत्वपूर्ण प्लेटफर्म हो”, उहाँले भन्नुभयो ।

सरकारले लगानी सम्मेलनलाई नै लक्षित गरेर बहुपक्षीय लगानी सम्झौता (बाइलेटरेल इन्भेष्टमेन्ट एग्रिमेन्ट–बिइआइए) सँग सम्बन्धित कार्यविधि तयार पारेको छ । यो निजी क्षेत्रको पहिलादेखि नै माग रहेको उहाँले बताउनुभयो । अब बिआइए गर्न स्वाभाविक रुपमा सहज हुने र त्यो पनि निजी क्षेत्रका लागि एउटा महत्वपूर्ण कदम हुने भएकामा खुसी व्यक्त गर्नुभयो ।

नेपालको निजी क्षेत्र सम्मेलनको सह–अयोजक भएकाले यसलाई सफल बनाउन चेम्बर अफ कमर्स लागिपरेको उहाँले स्पष्ट पार्नुभयो । उहाँका अनुसार सम्भावनाका क्षेत्र पहिचान भइसकेका छन् । उहाँले भन्नुभयो, “ऊर्जा, ग्रिन हाइड्रोजन, पर्यटनलगायत मुख्य क्षेत्र रहेका छन् । ग्रिन हाइड्रोजनमा विगतमा पोल्यान्ड चेम्बरसँग पनि अन्तरक्रिया भएको छ । त्यसैगरी, कृषि र सूचना प्रविधि, जडिबुटी र खनिज पदार्थ पनि महत्वपूर्ण क्षेत्र हुन् । हाम्रो लगानीकर्तासँग विभिन्न चरणमा सूचनाको आदान–प्रदान भइरहेको छ ।”

यो लगानी सम्मेलनमार्फत तपाईंहरु नेपालमा लगानी गर्न आउनूस् भन्ने सन्देश दिने चाहना च्ेम्बर अफ कमर्सको छ । सम्मेलनमा विभिन्न पक्षबीच फरक फरक क्षेत्रका परियोजनामा समझदारी र सम्झौता हुने भनिएको छ । अहिले प्रारम्भिक चरणको काम मात्रै हुने उहाँले जानकारी दिनुभयो । कहाँ लगानी गर्ने भनेर उद्योग स्थापना गर्ने ठाउँको छनौटपछि गर्नुपर्ने उहाँको सुझाव छ । सम्मेलनमा सोकेसमा राखिएका आयोजनामध्ये जलविद्युत् क्षेत्रका धेरै आयोजना छन् । सरकारी आयोजना मात्र नभई निजी क्षेत्रबाट लगानी सहकार्यका लागि प्रस्ताव भएका आयोजनाको प्रदर्शनी कक्ष (स्टल) पनि त्यहाँ रहने जनाइएको छ ।

निजी क्षेत्र–निजी क्षेत्र (बिटुबी) सहकार्यका लागि केकस्ता योजनाहरुमा कस्तो सम्भावना छन् भनेर छलफल भइरहेको उहाँले बताउनुभयो । “अब दुई दिनभित्र कति टुङ्गो लाग्छ वा लाग्दैन भन्न सकिँदैन तर एउटा सुरुआत धेरै राम्रो हो”, अध्यक्ष अग्रवालले भन्नुभयो, “यसले अहिलेको अवस्थामा स्वदेशी लगानीकर्तालाई उत्साहित बनाउन महत्वपूर्ण भूमिका खेल्नेछ ।”

शनिबार, बैशाख १५, २०८१ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर
गेटाको गाँठो : शक्ति केन्द्रहरूलाई किन असहज डा. केसीको माग ?
विश्‍व घटना : थाइल्यान्ड र कम्बोडियाका पौने २ लाखले छाडे घरबार !
राशिफल : मकर- शत्रु परास्त, कुम्भ- धन आर्जन
झटारो : कर काठमाडौंमा, चर्चा साँडेपानीमा !
सुदूरपश्‍चिममा सत्ता खेल : मुख्यमन्त्री बन्‍ने रहर सबैलाई, आफ्नै सांसदको छैन भर कसैलाई !

भर्खरै

  • १.
    यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

  • २.
    गेटाको गाँठो : शक्ति केन्द्रहरूलाई किन असहज डा. केसीको माग ?

  • ३.
    विश्‍व घटना : थाइल्यान्ड र कम्बोडियाका पौने २ लाखले छाडे घरबार !

  • ४.
    राशिफल : मकर- शत्रु परास्त, कुम्भ- धन आर्जन

  • ५.
    झटारो : कर काठमाडौंमा, चर्चा साँडेपानीमा !

  • ६.
    सुदूरपश्‍चिममा सत्ता खेल : मुख्यमन्त्री बन्‍ने रहर सबैलाई, आफ्नै सांसदको छैन भर कसैलाई !

  • ७.
    टिपरको ठक्करबाट मृत्यु

  • ८.
    मुगु कार्मारोङमा गएको पहिरोमा परी बालकको मृत्यु

धर्मदेवी मिडिया प्रा. लि. द्वारा सञ्चालित

www.nepaliheadline.com

सूचना विभाग दर्ता नम्बर

२६७३/०७७-७८

प्रधान सम्पादक : उपेन्द्र पोखरेल

सह-सम्पादक : दीपक उपाध्याय नेपाल

संवाददाता : अस्मिता अधिकारी

प्रधान कार्यालय

गठ्ठाघर, भक्तपुर

विज्ञापनका लागि सम्पर्क
९८२०२२९३७६

Copyright ©2026 Nepaliheadline | All rights Reserved.
 Website By :  nwTech.