काठमाडौं- पश्चिमी र स्थानीय वायुको आंशिक प्रभावका कारण आज ३ वटा प्रदेशका पहाडमा हल्का वर्षाको सम्भावना देखिएको जल तथा मौसम विज्ञान विभागले जनाएको छ।
विभागका अनुसार आज दिउँसो गण्डकी, कर्णाली र सुदूरपश्चिमका पहाडमा आंशिकदेखि साधारण बदली तथा कोशी र वागमतीका पहाडमा आंशिक बदली रही देशको बाँकी भूभागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहने छ।
यस्तै, गण्डकी, कर्णाली र सुदूरपश्चिमका पहाडका थोरै तथा बाँकी पहाडी इलाकाका १-२ स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना छ। लुम्बिनीका केही तथा सुदूरपश्चिम, कोशी, वागमती र गण्डकीका पहाडी इलाकाका थोरै स्थानमा हावाहुरी आउने सम्भावना छ।
आज राति गण्डकी, कर्णाली र सुदूरपश्चिमका पहाडमा आंशिक बदली रही देशको बाँकी भूभागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहने पूर्वानुमान छ। गण्डकी र कर्णालीका पहाडी भेगका १-२ स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना छ। यस्तै, लुम्बिनीका थोरै स्थानमा हावाहुरी आउने सम्भावना छ।