काठमाडौं– बिहीबार नेपाली बजारमा सुनको भाउ घटेको छ। बुधबार बढेको सुनको भाउ आज घटेको हो।
Advertisement
आज छापावाल सुन तोलामा २०० रुपैयाँले घटेर प्रतितोला १ लाख ३५ हजार ८०० रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। बुधबार छापावाल सुन प्रतितोला १ लाख ३६ हजार रुपैयाँमा खरिद-बिक्री भएको थियो।
यस्तै, आज तेजाबी सुन प्रतितोला १ लाख ३५ हजार १५० रुपैयाँमा किनबेच भइरहेको छ। बुधबार तेजाबी सुन प्रतितोला १ लाख ३५ हजार ३५० रुपैयाँमा कारोबार भएको थियो।
यस्तै, आज चाँदीको भाउ पनि घटेको छ। आज चाँदी प्रतितोला १६ सय ५५ रुपैयाँमा किनबेच भइरहेको छ। बुधबार चाँदी प्रतितोला १६ सय ७० रुपैयाँमा कारोबार भएको थियो।