• हाेमपेज
  • साउथ एसिया
  • लङरिड
  • देशभर
  • अन्य
    • दृष्टि/संवाद
    • हेल्थ
    • विश्व/भूराजनीति
    • विज्ञान/प्रविधि
    • खेलकुद
    • टिप्स
    • इलेक्सन वाच
    • सिनेमा/आर्ट्स
    • कल्चर/हेरिटेज
×
आइतबार, साउन १०, २०८३
    • हाेमपेज
    • साउथ एसिया
    • लङरिड
    • देशभर
    • अन्य
      • दृष्टि/संवाद
      • हेल्थ
      • विश्व/भूराजनीति
      • विज्ञान/प्रविधि
      • खेलकुद
      • टिप्स
      • इलेक्सन वाच
      • सिनेमा/आर्ट्स
      • कल्चर/हेरिटेज

भर्खरै

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

गेटाको गाँठो : शक्ति केन्द्रहरूलाई किन असहज डा. केसीको माग ?

विश्‍व घटना : थाइल्यान्ड र कम्बोडियाका पौने २ लाखले छाडे घरबार !

राशिफल : मकर- शत्रु परास्त, कुम्भ- धन आर्जन

झटारो : कर काठमाडौंमा, चर्चा साँडेपानीमा !

सुदूरपश्‍चिममा सत्ता खेल : मुख्यमन्त्री बन्‍ने रहर सबैलाई, आफ्नै सांसदको छैन भर कसैलाई !

टिपरको ठक्करबाट मृत्यु

मुगु कार्मारोङमा गएको पहिरोमा परी बालकको मृत्यु

कारागारबाट फरार माझी पक्राउ

लोकप्रिय समाचार

  • १. राशिफल : वृष- कर्मयोगमा वृद्धि, सिंह- पारिवारिक जमघट

  • २. राशिफल : कन्या- आतिथ्य सम्मान, मकर- मित्रता बढ्ने

  • ३. राशिफल : कन्या- विशेष उपहार, धनु- मिष्‍ठान्‍न भोजन

  • ४. राशिफल : कन्या- मुद्दा-मामिलामा विजयी, मकर- सुखद समाचार

  • ५. झटारो : कर काठमाडौंमा, चर्चा साँडेपानीमा !

  • ६. ‘एक नेता, अनेक दाबी!’ सुदूरपश्चिममा मुख्यमन्त्रीको दौड, आफ्नै दलभित्र विश्वासको संकट

  • ७. सुदूरपश्‍चिममा सत्ता खेल : मुख्यमन्त्री बन्‍ने रहर सबैलाई, आफ्नै सांसदको छैन भर कसैलाई !

  • ८. स्वास्थ्यमा धनगढीको फड्को, आधुनिक उपचार अब आफ्नै शहरमा

  • ९. रक्त अभाव टार्न कैलालीमा दोश्रो घुम्ती रक्तदान, ४२ युनिट रगत संकलन

  • १०. राशिफल : वृष- भ्रमण, सिंह- रमाइलो यात्रा

आगलागीबाट विभिन्न ठाउँमा धनमाल जलेर नष्ट


    Avatar photo
बुधबार, बैशाख १२, २०८१ मा प्रकाशित

काठमाडौं- सिरहा औरही गाउँपालिका-२ तुलसीपुर बस्ने २८ वर्षीय महेश कुमार यादवको घरमा सिलिन्डर पड्की मंगलबार राति आगलागी हुँदा खाद्यान्न लगायतका सामानहरू जलेर करिब २ लाख रूपैयाँ बराबरको धनमाल नष्ट भएको छ । साथै सिलिन्डर पड्किँदा घाइते भएका यादवलाई स्थानिय मेडिकल सुखिपुर हुँदै थप उपचारको लागि आरके मेडिसिटी अस्पताल धनगढी रिफर गरिएको छ ।

Advertisement

प्यूठान माण्डवी गाउँपालिका-४ तिल्केनी सामुदायिक वनमा मंगलबार राति लागेको आगो फैलिएर सोही ठाउँस्थित २ वटा घर र ५ वटा गोठ जलेर नष्ट भएको छ । क्षतिको विवरण हालसम्म खुलेको छैन ।

यसैगरी प्यूठान माण्डवी गाउँपालिका-२ टुक्रुकस्थित पोखरी सामुदायिक वनमा मंगलबार दिउँसो लागेको आगो फैलिएर सोही ठाउँस्थित १ वटा घर र ४ वटा गोठ पूर्णरूपमा जलेर नष्ट भएको छ । क्षतिको विवरण हालसम्म खुलेको छैन ।

यसैगरी प्यूठान प्युठान नगरपालिका-२ ढाडस्थित वसन्त सामुदायिक वनमा मंगलबार दिउँसो लागेको आगो फैलिएर सोही ठाउँ बस्ने हिरा बहादुर परियारको गोठ र कुखुराको खोर जलेर पूर्णरूपमा नष्ट भएको छ । क्षतिको विवरण हालसम्म खुलेको छैन ।

खोटाङ हलेसी तुवाचुङ नगरपालिका-५ मयाँखुस्थित लालिगुँरास सामुदायिक वनमा मंगलबार दिउँसो लागेको आगो फैलिएर सोही नगरपालिका-५ सोरागाँउ बस्ने विनोद राईको घर, चौकीराज राईको घर र मतान समेत जलेर करिब १७ लाख रूपैयाँ बराबरको धनमाल नष्ट भएको छ ।

यसैगरी खोटाङ खोटेहाङ गाउँपालिका-१ मुलाबारीस्थित लिकुवापोखरी सामुदायिक वनमा मंगलबार दिउँसो लागेको आगो फैलिएर सोही ठाउँ बस्ने टंकनाथ तिम्सिनाको घर र गोठमा समेत आगलागी हुँदा घर र गोठ पूर्णरूपमा जलेर करिब ७ लाख ८५ हजार रूपैयाँ बराबरको धनमाल नष्ट भएको छ ।

मकवानपुर बकैया गाउँपालिका-५ पावसस्थित गितवार सामुदायिक वनमा मंगलबार दिउँसो लागेको आगो फैलिएर सोही ठाउँ बस्ने नर बहादुर राईको घर, गोठ र दल बहादुर राईको गोठ समेत जलेर करिब ११ लाख ५० हजार रूपैयाँ बराबरको धनमाल नष्ट भएको छ ।

रामेछाप मन्थली नगरपालिका-३ अर्चलेस्थित अर्चलेपाखा सामुदायिक वनमा मंगलबार बिहान लागेको आगो फैलिएर सोही ठाउँ बस्ने केशव बहादुर बोगटीको २ वटा घर जलेर करिब ४ लाख रूपैयाँ बराबरको धनमाल नष्ट भएको छ ।

ललितपुर महालक्ष्मी नगरपालिका-५ टिकाथलीस्थित सर्लाही घर भएका बिरेन्द्र सिंह दनुवारको टहरा, रौतहत घर भएका बिक्रम यादबको टहरा र उदयपुर कटारी घर भएका मान बहादुर बुढाथोकीको टहरामा ग्यास लिक भई मंगलबार दिउँसो आगलागी हुँदा ३ वटै टहरा र मान बहादुरको कपासको खेलौना बनाउने कारखाना समेत जलेर करिब १९ लाख ७० हजार रूपैयाँ बराबरको धनमाल नष्ट भएको छ ।

लमजुङ क्व्होलासोथार गाउँपालिका-३ घलेगाउ बस्ने ओम प्रकाश गुरुङको घरमा विद्युत सर्ट भई मंगलबार बिहान आगलागी हुँदा घर पूर्णरूपमा जलेर करिब १४ लाख १४ हजार ५ सय रूपैयाँ बराबरको धनमाल नष्ट भएको छ ।

रौतहट देवाही गोनाही नगरपालिका-१ बजार करूनिया टोलमा मंगलबार दिउँसो आगलागी हुँदा सोही टोलको ४ वटा घर र ४ वटा गोठ जलेर करिब २६ लाख १० हजार रूपैयाँ बराबरको धनमाल नष्ट भएको छ ।

यसैगरी रौतहट चन्द्रनिगाहपुर नगरपालिका-१ पौराईस्थित वनमा मंगलबार साँझ लागेको आगो फैलिएर सोही ठाउँस्थित रोयल नेपाल बि फर्ममा आगलागी हुँदा मौरीको ६० घार जलेर करिब ५ लाख रूपैयाँ बराबरको धनमाल नष्ट भएको छ ।

सुनसरी भोक्राहानरसिंह गाउँपालिका-३ डलुवास्थित सिसौ टोल बस्ने गियानन्द मेहताको घरमा विद्युत सर्ट भई मंगलबार दिउँसो आगलागी भएको छ । क्षतिको विवरण हाल खुलेको छैन ।

सिन्धुली गोलन्जोर गाउँपालिका-६ गैरीगाँउस्थित बलेनी सामुदायिक वनमा मंगलबार साँझ आगलागी हुँदा सोही ठाउँ बस्ने बेद कोइराला समेत ३ जनाको ४ वटा घर र १ वटा गोठ पूर्णरूपमा जलेर करिब १९ लाख ५० हजार रूपैयाँ बराबरको धनमाल नष्ट भएको छ ।

कैलाली गोदावरी नगरपालिका-१ महेन्द्रनगर रोडस्थित कञ्चनपुर कृष्णपुर नगरपालिका-७ घर भएका प्रेरणा पाण्डेले सञ्चालन गरेको प्रेरणा सपिङ्ग सेन्टरमा गएराति आगलागी हुँदा पसल पूर्णरूपमा जलेर नष्ट भएको छ । क्षतिको विवरण हाल खुलेको छैन ।

कैलाली कैलाली गोदावरी नगरपालिका-१ महेन्द्रनगर रोड स्थित कञ्चनपुर कृष्णपुर नगरपालिका-७ घर भएकी प्रेरणा पाण्डेले संचालन गरेको प्रेरणा सपिङ सेन्टरमा गएराति आगलागी हुँदा सपिङ सेन्टरभित्र रहेका सम्पूर्ण समानहरु जलेर करिब ४७ लाख ४५ हजार रूपैयाँ बराबरको धनमाल नष्ट भएको छ ।

सर्लाही बलरा नगरपालिका-६ मिर्जापुर बस्ने राम चन्द्र महतोको घरमा विद्युत सर्ट भई मंगलबार राति आगलागी हुँदा अन्नपात, लत्ताकपडा लगायतका सरसामान जलेर करिब ६ लाख रूपैयाँ बराबरको धनमाल नष्ट भएको छ । आगो निभाउने क्रममा जलेर घाइते भएका २ जना स्थानीय मेडिकलमा उपचार पश्चात डिस्चार्ज भएका छन् ।

बुधबार, बैशाख १२, २०८१ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर
गेटाको गाँठो : शक्ति केन्द्रहरूलाई किन असहज डा. केसीको माग ?
विश्‍व घटना : थाइल्यान्ड र कम्बोडियाका पौने २ लाखले छाडे घरबार !
राशिफल : मकर- शत्रु परास्त, कुम्भ- धन आर्जन
झटारो : कर काठमाडौंमा, चर्चा साँडेपानीमा !
सुदूरपश्‍चिममा सत्ता खेल : मुख्यमन्त्री बन्‍ने रहर सबैलाई, आफ्नै सांसदको छैन भर कसैलाई !

भर्खरै

  • १.
    यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

  • २.
    गेटाको गाँठो : शक्ति केन्द्रहरूलाई किन असहज डा. केसीको माग ?

  • ३.
    विश्‍व घटना : थाइल्यान्ड र कम्बोडियाका पौने २ लाखले छाडे घरबार !

  • ४.
    राशिफल : मकर- शत्रु परास्त, कुम्भ- धन आर्जन

  • ५.
    झटारो : कर काठमाडौंमा, चर्चा साँडेपानीमा !

  • ६.
    सुदूरपश्‍चिममा सत्ता खेल : मुख्यमन्त्री बन्‍ने रहर सबैलाई, आफ्नै सांसदको छैन भर कसैलाई !

  • ७.
    टिपरको ठक्करबाट मृत्यु

  • ८.
    मुगु कार्मारोङमा गएको पहिरोमा परी बालकको मृत्यु

धर्मदेवी मिडिया प्रा. लि. द्वारा सञ्चालित

www.nepaliheadline.com

सूचना विभाग दर्ता नम्बर

२६७३/०७७-७८

प्रधान सम्पादक : उपेन्द्र पोखरेल

सह-सम्पादक : दीपक उपाध्याय नेपाल

संवाददाता : अस्मिता अधिकारी

प्रधान कार्यालय

गठ्ठाघर, भक्तपुर

विज्ञापनका लागि सम्पर्क
९८२०२२९३७६

Copyright ©2026 Nepaliheadline | All rights Reserved.
 Website By :  nwTech.