रूपन्देही– डढेलो निभाउन गएको रुपन्देहीको तिलोत्तमा नगरपालिकाको दमकल नै डढेलोको चपेटामा परेको छ।
Advertisement
बुधबार दिउँसो तिलोत्तमा-८ गणेशनगरको जंगलमा डढेलो निभाउन गएको लु१ग ३४९ नम्बरको दमकल जलेर पूर्ण रुपमा क्षति भएको प्रहरी चौकी मंगलापुरले जनाएको छ।
दमकल भएकै दिशामा तीव्र गतिमा हावा चलेपछि हावासँगै एक्कासी उग्र रुप लिएको आगोको लप्काले दमकललाई टिपेको थियो। आगलागीबाठ दमकलको इन्जिनसहितको भाग पूर्ण रुपमा जलेको छ।
घटनामा मानवीय क्षति भने नभएको प्रहरीले जनाएको छ।