चितवन । नारी विकास केन्द्र केन्द्रीय कार्यालय चितवनले जिल्लाका सामुदायिक विद्यालयमा अध्ययनरत कम अवसर प्राप्त छात्र छात्राहरुलाई छात्रबृद्धि वितरण गरेको छ ।
विभिन्न घटनामा परेका, हिंसा प्रभावित, द्धन्द्धप्रभावित,गरिब तथा जेहेन्दार ११ विद्यालयका ४४ जना छात्राहरुलाई आर्दश छात्रवृद्धि वितरण गरिएको हो । छात्राहरुले झोला, ड्रेस, कापी कलम, लगायतका शैक्षिक सामाग्री प्राप्त गरेका छन् । ८ बर्ष अघिदेखि निरन्तर वितरण गर्दै आएको छात्रबृद्धि हालसम्म ४४८ले प्राप्त गरिसकेको संस्थाका अध्यक्ष मीना खरेलले जानकारी दिनुभयो ।
सबै प्रकारका घरेलु हिंसा,मानव बेचविखन, बलत्कारजस्ता जघन्य अपराधको अन्त्यका लागि विगत ३० बर्षदेखि अभियान चलाईरहेको आर्दश नारी विकास केन्द्रले आफ्नो बार्षिक कार्यक्रम अन्तर्गत छात्रबृद्धि वितरण गरेको हो । संस्थाले महिला तथा बालबालिका माथि हुने हिंसा, शोषण, दमन र अन्यायको विरुद्ध निरन्तर अग्र स्थानमा रही खवरदारी गर्दै आएको छ ।