काठमाडौं– मलेसियामा नौसेनाको तालिमका क्रममा दुईवटा हेलिकप्टर ठोक्किँदा १० जनाको मृत्यु भएको छ। एउटामा ७ जना र अर्कोमा ३ जना सवार हेलिकोप्टर आकाशमै ठोक्किएर दुर्घटनामा परेका दृष्यहरू सामाजिक संजालमा सार्वजनिक भएका छन्।
Advertisement
ती हेलिकप्टरहरू रोयल मलेशियन नौसेना उत्सवको लागि तयारी गरिरहेका थिए। दुवै हेलिकोप्टरमा सवार कोहीपनि जिवित फेला नपरेको मलेसियाली अधिकारीले बताएका छन्।
मलेसियाली मिडियामा सार्वजनिक समाचार अनुसार आकाशमै ठोक्किएका दुवै हेलिकप्टर नजिकैको एक स्टेडियममा खसेका थिए।