• हाेमपेज
  • साउथ एसिया
  • लङरिड
  • देशभर
  • अन्य
    • दृष्टि/संवाद
    • हेल्थ
    • विश्व/भूराजनीति
    • विज्ञान/प्रविधि
    • खेलकुद
    • टिप्स
    • इलेक्सन वाच
    • सिनेमा/आर्ट्स
    • कल्चर/हेरिटेज
×
आइतबार, साउन १०, २०८३
    • हाेमपेज
    • साउथ एसिया
    • लङरिड
    • देशभर
    • अन्य
      • दृष्टि/संवाद
      • हेल्थ
      • विश्व/भूराजनीति
      • विज्ञान/प्रविधि
      • खेलकुद
      • टिप्स
      • इलेक्सन वाच
      • सिनेमा/आर्ट्स
      • कल्चर/हेरिटेज

भर्खरै

गेटाको गाँठो : शक्ति केन्द्रहरूलाई किन असहज डा. केसीको माग ?

भानुभक्तको सालिक तोडफोडको आरोपमा कुँवर पक्राउ

यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य

केही प्रदेशमा भारी वर्षाको सम्भावना, सतर्कता अपनाउन आग्रह

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

विश्‍व घटना : थाइल्यान्ड र कम्बोडियाका पौने २ लाखले छाडे घरबार !

राशिफल : मकर- शत्रु परास्त, कुम्भ- धन आर्जन

झटारो : कर काठमाडौंमा, चर्चा साँडेपानीमा !

सुदूरपश्‍चिममा सत्ता खेल : मुख्यमन्त्री बन्‍ने रहर सबैलाई, आफ्नै सांसदको छैन भर कसैलाई !

लोकप्रिय समाचार

  • १. राशिफल : कन्या- आतिथ्य सम्मान, मकर- मित्रता बढ्ने

  • २. राशिफल : वृष- कर्मयोगमा वृद्धि, सिंह- पारिवारिक जमघट

  • ३. राशिफल : कन्या- विशेष उपहार, धनु- मिष्‍ठान्‍न भोजन

  • ४. राशिफल : कन्या- मुद्दा-मामिलामा विजयी, मकर- सुखद समाचार

  • ५. झटारो : कर काठमाडौंमा, चर्चा साँडेपानीमा !

  • ६. ‘एक नेता, अनेक दाबी!’ सुदूरपश्चिममा मुख्यमन्त्रीको दौड, आफ्नै दलभित्र विश्वासको संकट

  • ७. सुदूरपश्‍चिममा सत्ता खेल : मुख्यमन्त्री बन्‍ने रहर सबैलाई, आफ्नै सांसदको छैन भर कसैलाई !

  • ८. राशिफल : वृष- भ्रमण, सिंह- रमाइलो यात्रा

  • ९. स्वास्थ्यमा धनगढीको फड्को, आधुनिक उपचार अब आफ्नै शहरमा

  • १०. रक्त अभाव टार्न कैलालीमा दोश्रो घुम्ती रक्तदान, ४२ युनिट रगत संकलन

नेपालको क्षमता ३५ लाख, आउँछन् मात्र १० लाख पर्यटक


    Avatar photo
मङ्गलबार, बैशाख ११, २०८१ मा प्रकाशित

काठमाडौं- ३-३ वटा अन्तर्राष्‍ट्रिय विमानस्थल। प्रशस्त खुलेका होटेल र रिसोर्ट। असंख्य पदमार्ग, हाइकिङ रुट र पर्यटकीय गन्तव्य। तर, सरकारले विदेशी पर्यटक भित्र्याउने लक्ष्‍य राखेको छ, १० लाखको। जब कि, पर्यटन व्यवसायीको भनाइलाई आधार मान्‍ने हो भने अहिले नेपालको विदेशी पर्यटक भित्र्याउने क्षमता ३५ लाख जनाभन्दा बढी छ।

Advertisement

पर्वतारोहणको वसन्त सिजन शुरु हुँदैछ। नेपालमा विदेशी पर्यटक आगमनको याम शुरु हुने पनि यही बेला हो। नेपालमा मुख्यतः विदेशी पर्यटक भित्र्याउने दुई आधार छन्- हिमाल र लुम्बिनी। संसारकै सबैभन्दा अग्लो हिमाल सगरमाथासँगै हिमचुचुराहरूको आरोहण गर्न यही याममा अधिक आरोही आउँछन्।

पदयात्रा र अन्य पर्यटकीय गन्तव्यमा पनि विदेशी पर्यटक भभिराउ हुनुपर्ने सिजन पनि यही हो। र, आन्तरिक पर्यटकसमेत थपिँदा पर्यटकीय गन्तव्यहरू खचाखच हुनुपर्ने हो। तथापि, यसमा सरकारी लक्ष्‍य नै अपूरो छ। आन्तरिक पर्यटक पनि चर्को आर्थिक मन्दीका कारण देशाटनमा निस्किन सकेका छैनन्।

हिमाल आरोहण खुलेसँगै हो, नेपालमा विदेशी पर्यटकको आगमन बढेको पनि। तेन्जिङ शेर्पा र सर एडमन्ड हिलारीले २९ मे १९५३ मा सगरमाथाको सफल आरोहण गरेसँगै संसारको ध्यान तानियो नेपालतर्फ।

तर, नेपाल पर्यटक भित्र्याउन कसरी चुक्दै आयो भने ७१ वर्षअघि सगरमाथाको सफल आरोहण भयो। विदेशी पर्यटक भित्र्याउने सरकारी कार्यक्रम भने अढाइ दशकअघि मात्र शुरु भयो।

खासगरी, सन् १९९८ मा मनाइएको नेपाल भ्रमण वर्षले यसमा योगदान दिएको मानिन्छ। त्यस वर्ष नेपालमा ५ लाख पर्यटक भित्र्याउने सरकारी लक्ष्‍य थियो। पर्यटन बोर्डका अनुसार त्यतिबेला लक्ष्‍यअनुसार पर्यटक आउन सकेनन्। त्यसपछि सन् २०११ मा पर्यटन वर्ष मनाउँदा १० लाख विदेशीलाई भित्र्याउने लक्ष्‍य राखिएको थियो।

त्यसपछि सन् २०२० मा नेपाल भ्रमण वर्ष मनाउने तयारी गरियो। र, लक्ष्‍य राखियो, २० लाख पर्यटक भित्र्याउने। तर, कोभिड-१९ महामारीले त्यो लक्ष्‍यमा पानी फेरिदियो। भ्रमण वर्षका सबै कार्यक्रम रद्द भए। पर्यटक आगमन पूर्ण ठप्प बन्यो। संसारभर नै आवतजावतमा प्रतिबन्ध लगाइएकाले पर्यटक अन्य मुलुकमा पुग्‍नु कल्पनाबाहिरको कुरा थियो।

तथापि, सन् २०२३ मा फेरि विदेशी पर्यटकको ठूलो संख्या भित्र्याउन सरकार चुक्यो। त्यस वर्ष मात्र १० लाख पर्यटक भित्र्याउने अपूरो लक्ष्‍यमा सरकार अल्झियो। सरकारी निकाय भने नेपालको पर्यटन व्यवसाय कोभिड महामारीअघिकै अवस्थामा फर्किएकामा दंगदास देखिए। खासमा, सरकारले सही लक्ष्‍य पहिल्याएको भए सन् २०२३ मा २५ लाख पर्यटक भित्र्याउन सकिने व्यवसायीहरूको विश्लेषण छ।

सन् २०२३ मा १० लाख पर्यटक आउँदैमा प्रधानमन्त्री पुष्‍पकमल दाहाल ‘प्रचण्ड’ हौसिए। र, सन् २०२४ मा दोब्बर पर्यटक भित्र्याउने घोषणा गरे।

पर्यटन बोर्डका निर्देशक मणि लामिछाने ‘क्वालिटी’भन्दा पनि ‘क्वान्टिटी’मा ध्यान दिइने गरेको बताउँछन्। संख्यामा ध्यान दिन नहुने दाबीसँग उनी भन्छन्, ‘प्रधानमन्त्रीले पनि उत्साहित भएर सन् २०२४ मा दोब्बर पुर्‍याउँछौं भन्‍नुभयो। यसो भन्दै गर्दा क्वान्टिटीमा ध्यान दिइयो, क्वालिटीमा दिइएन भन्‍न मिल्दैन।’

लामिछानेको अनौठो तर्क जेसुकै भए पनि अहिलेसम्म नेपालले संख्यामै जोड दिएको देखिन्छ। साढे दुई दशकअघि ५ लाख लक्ष्‍य राखिएको थियो भने अहिले २० लाख। खासमा, नेपालले कति पर्यटक भित्र्याउन सक्छ ? नेपालको क्षमता कति छ ? पर्यटन व्यवसायी कृष्‍ण अर्याल अहिले २५ लाख पर्यटक धान्‍न सक्ने क्षमता रहेको बताउँछन्। भन्छन्, ‘होटल र रिसोर्टहरू पर्याप्त छन्। यस हिसाबले २५ लाखसम्मलाई धान्‍ने क्षमता छ।’

सरकारले ठूला पूर्वाधार बनाउने मात्र होइन, तिनको सञ्‍चालनमा पनि मनैदेखि काम गर्ने हो भने अहिलेको भन्दा धेरै पर्यटक आउन सक्ने उनको विश्‍वास छ। ‘निजीक्षेत्रले होटल, रिसोर्टहरू त बनायौं, तर सडक त बनाउन सक्दैनौं नि। हवाई जहाजको सहज पहुँच पनि पुगिरहेको छैन। ठूल-ठूला पूर्वाधारहरू सरकारले नै बनाइदिनुपर्छ तर अवस्था त्यस्तो छैन,’ उनी भन्छन्।

पर्यटन बोर्डका पूर्व प्रमुख कार्यकारी अधिकृत दीपकराज जोशी पनि व्यवसायी अर्यालको भनाइसँग सहमत छन्। निजीक्षेत्रले पूर्वाधारमा लगानी गरेको भएकाले पर्यटक व्यवस्थापन गर्ने क्षमता बढेको उनी बताउँछन्। ‘राम्रो वातावरण बनाउन सक्यौं, हाम्रा सबै पूर्वाधारलगायत संरचनालाई राम्रोसँग परिचालन गर्न सक्यौं भने करिब ३५ लाख भित्र्याउन सक्ने क्षमता छ,’ जोशी भन्छन्।

त्यसका लागि त्रिभुवन विमानस्थलसँगै पोखरा र भैरहवाको अन्तर्राष्‍ट्रिय विमानस्थललाई पूर्ण क्षमतामा चलाउनुपर्ने उनी बताउँछन्। नयाँ विमानस्थल चलाउन र राम्रो प्रचारप्रसार गर्न सकियो भने पर्यटकको आगमन बढ्ने उनको भनाइ छ।

अन्य व्यवसायी र सरकारी निकायका अधिकारी पनि ३५ लाख पर्यटकलाई व्यवस्थान गर्न सक्ने क्षमता विकास भइसकेको बताउँछन्। पर्यटन बोर्डका निर्देशक लामिछाने होटेल व्यवसायी महासंघले ३२ देखि ३५ लाखसम्म पर्यटक राख्‍ने राम्रो होटल रहेको जानकारी दिएको बताउँछन्।

पर्यटन बोर्डले सन् २०१८ मा गरेको सर्वेक्षणका आधारमा पनि क्षमता बढेको देखिएको उनी बताउँछन्। त्यस सर्वेक्षणमा करिब १५ लाख पर्यटक दुईपांग्रे र चारपांग्रेमा आउने गरेको पाइएको थियो। त्यसमा अधिकांश भारतीय नागरिक हुन्छन्।

यस्तै, तेस्रो मुलुकका करिब १२ लाख पर्यटक आएको उनको भनाइ छ। ‘यो सबै हेर्दा सन् २०१८ मै हामीले २४ लाख पर्यटक त व्यवस्थापन गरेकै हौं,’ लामिछाने भन्छन्, ‘आजको दिनमा पनि हामीले ३५ लाख पर्यटकलाई व्यवस्थापन गर्न सक्छौं।’

यो लक्ष्‍य पूरा गर्न के गर्नुपर्छ। बोर्डका पूर्व प्रमुख कार्यकारी अधिकृत जोशी ६ वटा सुझाव दिन्छन्। पहिलो- नेपाल गन्तव्यसँगको हवाई पूर्वाधार बनाउनुपर्छ। यो बनाउनका लागि दुईवटा नयाँ बनेका विमानस्थललाई राम्रोसँग अपरेसनमा ल्याउन संयन्त्र निर्माण गर्नुपर्छ।

दोस्रो- नेपाललाई युरोपेली मुलुकहरूसँग सीधा सम्पर्क हुने वातावरण बनाउनुपर्छ। यसमा कूटनीतिक पहल महत्त्वपूर्ण हुने उनको तर्क छ। तेस्रो- राष्‍ट्रिय ध्वजावाहक नेपाल वायु सेवा निगमको क्षमता बढाउनुपर्छ। त्यसबाट हवाई पूर्वाधारमा ठूलो काम गर्ने उनको विश्‍वास छ।

चौथो- जनशक्ति बढाउनुपर्छ। पर्यटन क्षेत्रमा रहेको दक्ष जनशक्ति विदेश पलायन भएको छ। अहिले विद्यमान र छिट्टै बढ्न सक्ने पर्यटक संख्या आकलन गर्दै अभियानकै रूपमा दक्ष जनशक्ति उत्पादन गर्नुपर्छ। उत्पादन गर्ने, बजारमा ल्याउने र उनीहरूलाई काम पनि दिनुपर्छ।

पाँचौं- हेरिटेज र होमस्टेहरूलाई अपग्रेड गर्नुपर्छ। पर्यटन क्षेत्रले मात्रै नभई विभिन्‍न निकायको सहयोगी भूमिका यसमा अत्यावश्यक छ। कम्तिमा विदेशी दूतावास हेर्ने परराष्‍ट्र मन्त्रालय, भिसा दिने गृह मन्त्रालय र राष्‍ट्रिय निकुञ्‍ज तथा वन्यजन्तु आरक्ष हेर्ने वन मन्त्रालयले प्रभावकारी संयन्त्र बनाउनुपर्ने उनको सुझाव छ।

छैटौं- विगतदेखि हेर्दा नेपाल कुनै न कुनै संकटमा परिरहेको देखिन्छ। कहिले रोगव्याधि त कहिले भूकम्प। भविष्‍यमा पनि यस्ता आइरहने प्रकोपको सामना गरेर समयमै काम गर्न सक्ने क्षमता बनाउनुपर्छ। ‘यति भयो भने पर्यटन उद्योगले एक-डेढ वर्षमै फड्को मार्नेछ,’ जोशी भन्छन्।

कुन वर्ष कति पर्यटक आए ?

पर्यटन बोर्डको तथ्यांकअनुसार सन् २०२३ मा १० लाख १४ हजार ८७६ पर्यटकले नेपाल भ्रमण गरे। यो संख्यामा भारतीय र अमेरिकी पर्यटकको हिस्सा उल्लेख्य छ। सन् २०२२ को दाँजोमा यो संख्या ४ लाखभन्दा बढी हो। सन् २०२२ मा ६ लाख १४ हजार १४८ पर्यटक आएका थिए।

बोर्डका अनुसार सन् २०२३ मा ३ लाख १९ हजार ९३६ भारतीय पर्यटक आएका थिए। यो संख्या सन् २०१९ मा २ लाख ५४ हजार १५० थियो। नेपालले हवाई मार्गबाट आउने भारतीयलाई मात्र पर्यटक मान्दै आएको छ।

यस्तै, गत वर्ष अमेरिकाबाट १ लाख ३५७ पर्यटक नेपाल आए। सन् २०१९ मा ९३ हजार २४१ जना आएका थिए। उत्तरी छिमेकी चीनबाट ६० हजार ८७८ पर्यटक आए। सन् २०१९ मा १ लाख ६९ हजार ५४३ जना आएका थिए।

मङ्गलबार, बैशाख ११, २०८१ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

गेटाको गाँठो : शक्ति केन्द्रहरूलाई किन असहज डा. केसीको माग ?
भानुभक्तको सालिक तोडफोडको आरोपमा कुँवर पक्राउ
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
केही प्रदेशमा भारी वर्षाको सम्भावना, सतर्कता अपनाउन आग्रह
यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर
विश्‍व घटना : थाइल्यान्ड र कम्बोडियाका पौने २ लाखले छाडे घरबार !

भर्खरै

  • १.
    गेटाको गाँठो : शक्ति केन्द्रहरूलाई किन असहज डा. केसीको माग ?

  • २.
    भानुभक्तको सालिक तोडफोडको आरोपमा कुँवर पक्राउ

  • ३.
    यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य

  • ४.
    केही प्रदेशमा भारी वर्षाको सम्भावना, सतर्कता अपनाउन आग्रह

  • ५.
    यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

  • ६.
    विश्‍व घटना : थाइल्यान्ड र कम्बोडियाका पौने २ लाखले छाडे घरबार !

  • ७.
    राशिफल : मकर- शत्रु परास्त, कुम्भ- धन आर्जन

  • ८.
    झटारो : कर काठमाडौंमा, चर्चा साँडेपानीमा !

धर्मदेवी मिडिया प्रा. लि. द्वारा सञ्चालित

www.nepaliheadline.com

सूचना विभाग दर्ता नम्बर

२६७३/०७७-७८

प्रधान सम्पादक : उपेन्द्र पोखरेल

सह-सम्पादक : दीपक उपाध्याय नेपाल

संवाददाता : अस्मिता अधिकारी

प्रधान कार्यालय

गठ्ठाघर, भक्तपुर

विज्ञापनका लागि सम्पर्क
९८२०२२९३७६

Copyright ©2026 Nepaliheadline | All rights Reserved.
 Website By :  nwTech.