काठमाडौं- आज तीनवटा प्रदेशका पहाडी इलाकामा हल्का वर्षा तथा तराई क्षेत्रमा हावाहुरी आउने सम्भावना देखिएको जल तथा मौसम विज्ञान विभागले जनाएको छ।
Advertisement
विभागका अनुसार पश्चिमी र स्थानीय वायुको आंशिक प्रभावका कारण आज दिउँसो गण्डकी, कर्णाली र सुदूरपश्चिमका पहाडी भेगमा आंशिकदेखि साधारणतया तथा कोशी र वागमतीका पहाडमा आंशिक बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा रहने छ।
यस्तै, गण्डकी, कर्णाली र सुदूरपश्चिमका पहाडी भेगका थोरै तथा कोशी र वागमतीका पहाडका १-२ स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना छ। र, मधेश, लुम्बिनी र कोशीका तराईका केही स्थानमा हावाहुरीको सम्भावना छ।
आज राति कोशी, गण्डकी र कर्णालीका पहाडी भेगमा आंशिक बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा रहने छ। यस्तै, मधेशका थोरै स्थानमा हावाहुरीको सम्भावना छ।