• हाेमपेज
  • साउथ एसिया
  • लङरिड
  • देशभर
  • अन्य
    • दृष्टि/संवाद
    • हेल्थ
    • विश्व/भूराजनीति
    • विज्ञान/प्रविधि
    • खेलकुद
    • टिप्स
    • इलेक्सन वाच
    • सिनेमा/आर्ट्स
    • कल्चर/हेरिटेज
×
शुक्रबार, साउन ०८, २०८३
    • हाेमपेज
    • साउथ एसिया
    • लङरिड
    • देशभर
    • अन्य
      • दृष्टि/संवाद
      • हेल्थ
      • विश्व/भूराजनीति
      • विज्ञान/प्रविधि
      • खेलकुद
      • टिप्स
      • इलेक्सन वाच
      • सिनेमा/आर्ट्स
      • कल्चर/हेरिटेज

भर्खरै

स्वास्थ्यमा धनगढीको फड्को, आधुनिक उपचार अब आफ्नै शहरमा

मालीका पूर्व गुप्तचर प्रमुखलाई १५ वर्ष कैद

लागुऔषधसहित दुई जना पक्राउ

सिलिण्डर विष्फोट हुँदा एकको मृत्यु, एक जना गम्भीर घाइते

सेनाको श्रमदानमा महाकाली नदीमा ‘गाइडबण्ड’ पुनःनिर्माण

शैक्षिक परामर्श व्यवसायमाथि धरौटीको व्यवस्था कायमै रहन्छ : शिक्षामन्त्री

उपराष्ट्रपति यादवसँग स्वीस राजदूतको शिष्टाचार भेट

करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु

खैरो हेरोइनसहित चार जना पक्राउ

लोकप्रिय समाचार

  • १. राशिफल : वृष- कर्मयोगमा वृद्धि, सिंह- पारिवारिक जमघट

  • २. राशिफल : वृष- धन खर्च , सिंह- मंगलमय काम

  • ३. राशिफल : कन्या- विशेष उपहार, धनु- मिष्‍ठान्‍न भोजन

  • ४. राशिफल : कन्या- आतिथ्य सम्मान, मकर- मित्रता बढ्ने

  • ५. राशिफल : कन्या- मुद्दा-मामिलामा विजयी, मकर- सुखद समाचार

  • ६. राशिफल : कन्या- विशेष उपहार, धनु- मिष्‍ठान्‍न भोजन

  • ७. झटारो : चर्पीको बाटोमा क्रान्तिको गाडी !

  • ८. ‘एक नेता, अनेक दाबी!’ सुदूरपश्चिममा मुख्यमन्त्रीको दौड, आफ्नै दलभित्र विश्वासको संकट

  • ९. रक्त अभाव टार्न कैलालीमा दोश्रो घुम्ती रक्तदान, ४२ युनिट रगत संकलन

  • १०. स्वास्थ्यमा धनगढीको फड्को, आधुनिक उपचार अब आफ्नै शहरमा

हमासमाथि चाँडै थप पीडादायी प्रहार गर्ने नेतान्याहुको घोषणा


सोमबार, बैशाख १०, २०८१ मा प्रकाशित

काठमाडौं– इजरायली युद्ध क्याबिनेटको गाजामा रहेका बाँकी बन्धकहरूको रिहाइको प्रयासबारे छलफल गर्न आइतबार बैठक बसेको एक इजरायली अधिकारीलाई उद्धृत गर्दै सीएनएनले जनाएको छ।

Advertisement

चार सदस्यीय युद्ध क्याबिनेटमा प्रधानमन्त्री बेन्यामिन नेतान्याहु, रक्षामन्त्री योव ग्यालेन्ट र नेसनल युनिटी पार्टीका अध्यक्ष बेनी गान्ट्ज  छन्। यहुदीहरूको पर्व पासओभर मनाउने सन्दर्भमा इजरायली सरकारको प्रेस कार्यालयले आइतबार जारी गरेको भिडियोमा नेतान्याहूले भने, “आज पनि हाम्रा एक सय ३३ जना भाइबहिनीहरू बन्धकका रूपमा हमासको नरकमा कैद छन्।”

उनले बन्धक सम्झौताको प्रस्तावलाई हमासले ‘पूर्णरूपमा’ अस्वीकार गरेको आरोप लगाए। साथै उनले इजरायलले चाँडै थप र पीडादायी प्रहार गर्ने घोषणा गर्दै हमासमाथि ‘सैन्य र राजनीतिक दबाब’ बढाउने बताए।

हप्तौँदेखि अन्तर्राष्ट्रिय मध्यस्थकर्ताहरूले युद्धविराम र बन्धक सम्झौताबारे वार्तालाई सहज बनाउने प्रयास गरे पनि वार्ताबाट कुनै स्पष्ट सफलता हासिल भएको छैन। यसै महिनाको प्रारम्भमा हमासले युद्धविराम सम्झौताको पहिलो चरणस्वरूप ४० इजरायली बन्धकको पहिचान गर्न नसकेको सङ्केत दिएको इजरायली स्रोतलाई उद्धृत गर्दै सीएनएनले बताएको छ ।

वार्ताकारहरूले निर्धारण गरेको ढाँचाअनुरूप हमासले युद्धको पहिलो छ साताको युद्धविराममा सबै महिला, बिरामी तथा वृद्धवृद्धासहित ४० जनालाई मुक्त गर्नुपर्नेछ। बदलामा इजराइलले सयौँ प्यालेस्टिनी कैदीहरूलाई रिहा गर्नु पर्नेछ।

टाइम्स अफ इजरायलको रिपोर्टअनुसार इजराइल र हमासबीच जारी द्वन्द्वका बीच इजरायल रक्षा बल (आईडीएफ) का चिफ अफ स्टाफ लेफ्टिनेन्ट जनरल हर्जी हलेवीले आइतबार बेर्शेबामा दक्षिणी कमान्ड मुख्यालयमा युद्ध योजनालाई मञ्जुरी दिएका छन्। यसैबीच इजराइली सैनिकहरूले वेस्ट बैंकको नजिकैको नुर अल-साम्स शरणार्थी शिविरमा दुई दिने अपरेसन सम्पन्न गरेको आईडीएफलाई उद्धृत गर्दै सीएनएनले जनाएको छ।

प्यालेस्टिनी स्वास्थ्य मन्त्रालय र आधिकारिक समाचार एजेन्सी वाफालाई उद्धृत गर्दै इजराइली सेनाको अपरेसनमा एक बच्चासहित कम्तिमा १४ जनाको मृत्यु भएको बताइएको छ।

आईडीएफका अनुसार सुरक्षा बलबाट बिहीबारदेखि सुरु गरेको आतङ्कवाद विरोधी अभियानका क्रममा १० जना आतङ्कवादी मारिनुका साथै आठ जना संदिग्ध पक्राउ परेका छन्।

सोमबार, बैशाख १०, २०८१ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

मालीका पूर्व गुप्तचर प्रमुखलाई १५ वर्ष कैद
इबोला प्रकोपले बढायो विश्व चिन्ता
विश्‍व घटना : इन्स्टाग्रामका ६३ हजार एकाउन्ट बन्द
असममा मनसुनी वर्षाले निम्त्याएको बाढीका कारण ४१ जनाको मृत्यु
रक्षामन्त्री बर्खास्तीपछि युक्रेनी सेनामा व्यापक फेरबदल
विश्‍व घटना : चीनमा अवकाश उमेर ६० वर्ष

भर्खरै

  • १.
    स्वास्थ्यमा धनगढीको फड्को, आधुनिक उपचार अब आफ्नै शहरमा

  • २.
    मालीका पूर्व गुप्तचर प्रमुखलाई १५ वर्ष कैद

  • ३.
    लागुऔषधसहित दुई जना पक्राउ

  • ४.
    सिलिण्डर विष्फोट हुँदा एकको मृत्यु, एक जना गम्भीर घाइते

  • ५.
    सेनाको श्रमदानमा महाकाली नदीमा ‘गाइडबण्ड’ पुनःनिर्माण

  • ६.
    शैक्षिक परामर्श व्यवसायमाथि धरौटीको व्यवस्था कायमै रहन्छ : शिक्षामन्त्री

  • ७.
    उपराष्ट्रपति यादवसँग स्वीस राजदूतको शिष्टाचार भेट

  • ८.
    करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु

धर्मदेवी मिडिया प्रा. लि. द्वारा सञ्चालित

www.nepaliheadline.com

सूचना विभाग दर्ता नम्बर

२६७३/०७७-७८

प्रधान सम्पादक : उपेन्द्र पोखरेल

सह-सम्पादक : दीपक उपाध्याय नेपाल

संवाददाता : अस्मिता अधिकारी

प्रधान कार्यालय

गठ्ठाघर, भक्तपुर

विज्ञापनका लागि सम्पर्क
९८२०२२९३७६

Copyright ©2026 Nepaliheadline | All rights Reserved.
 Website By :  nwTech.