• हाेमपेज
  • साउथ एसिया
  • लङरिड
  • देशभर
  • अन्य
    • दृष्टि/संवाद
    • हेल्थ
    • विश्व/भूराजनीति
    • विज्ञान/प्रविधि
    • खेलकुद
    • टिप्स
    • इलेक्सन वाच
    • सिनेमा/आर्ट्स
    • कल्चर/हेरिटेज
×
शनिबार, भदौ २७, २०८३
    • हाेमपेज
    • साउथ एसिया
    • लङरिड
    • देशभर
    • अन्य
      • दृष्टि/संवाद
      • हेल्थ
      • विश्व/भूराजनीति
      • विज्ञान/प्रविधि
      • खेलकुद
      • टिप्स
      • इलेक्सन वाच
      • सिनेमा/आर्ट्स
      • कल्चर/हेरिटेज

भर्खरै

बजेट निर्माण प्रक्रिया तत्काल अगाडि बढाउने प्रदेश सरकारको निर्णय

सिक्टा सिँचाइः पाँच वर्षभित्र निर्माण सम्पन्न गर्ने तयारी

डिपिआरमै तुहिँदै सेतीको सपना : १ करोड खर्चेर बनाइएको योजना, पाँच वर्षदेखि दराजमै थन्किएको अस्पतालको भविष्य

उत्तरी अफगानिस्तानमा सडक दुर्घटनामा ४ जनाको मृत्यु, ६ जना घाइते

नेपाल–चीन सहकार्यको केन्द्रमा जलवायु र पर्यावरण

झटारो : बडकी भलमन्सिनियाको समाचार वाचन !

कङ्गोको विद्यालयमा आगलागी, मृतकको सङ्ख्या २६ पुग्यो : युनिसेफ

‘टिम्बुरे टु त्रिवेणी’ अपरेशनः शव व्यवस्थापन र ‘डिएनए’ परीक्षणलाई तीव्रता

पाकिस्तानको कराचीमा विद्यालयको पर्खाल भत्किदा पाँच जनाको मृत्यु

लोकप्रिय समाचार

  • १. हे प्रकृति तिम्रो न्याय यही हो ?

  • २. राशिफल : कर्कट- नयाँ काम, मीन- उद्योगमा फाइदा

  • ३. राशिफल : वृष- अप्ठ्यारो सम्झौता, सिंह- आरामदायी यात्रा

  • ४. राशिफल : वृश्‍चिक- मान-सम्मान, धनु- स्वादिष्‍ट भोजन

  • ५. राशिफल : मेष- आत्मीयता बढ्ने, कन्या- प्रशन्‍नता

  • ६. डिपिआरमै तुहिँदै सेतीको सपना : १ करोड खर्चेर बनाइएको योजना, पाँच वर्षदेखि दराजमै थन्किएको अस्पतालको भविष्य

  • ७. राशिफल : वृश्‍चिक- काम बन्‍ने, कुम्भ- मनमा हर्ष

  • ८. राशिफल : वृष- कृषिमा लाभ, सिंह- रमाइलो यात्रा

  • ९. भोटेकोशी बाढी पीडितलाई क्यासिनो एसोसिएसनको ८५ लाख २३ हजार

  • १०. “१२५ बेडको स्वीकृति, ३२० बेडमा उपचार : बिरामीको चाप थेग्न सेती अस्पतालले आइतबार पनि सेवा दिने

बढेको बढ्यै दुर्घटना, न्यूनीकरणमा देखिएन सरकारको गम्भीरता


सोमबार, बैशाख १०, २०८१ मा प्रकाशित

यातायात विज्ञ भन्छन्- दुर्घटनाकै कारण दैनिक सरदर १० जना भन्दा बढीले ज्यान गुमाइरहेका छन्।

Advertisement

काठमाडौं- गत १ फागुनमा पाल्पामा जिप दुर्घटना हुँदा १० जनाले ज्यान गुमाए । १३ जनाको सिट क्षमता रहेको जिपमा २७ जना यात्रु सवार थिए। जिपले उकालोमा तान्‍न नसकेपछि दुर्घटना भएको प्रहरीको प्रारम्भिक अनुमान छ।

यस्तै, ३ फागुनमा कपिलवस्तुको सुरही नाकामा बस दुर्घटना हुँदा १० जनाले ज्यान गुमाए। बसमा सवार अन्य ३० जना घाइते भए। तीव्र गतिमा रहेको बस चालकले नियन्त्रण गुमाउँदा दुर्घटना प्रहरीको भनाइ छ।

देशमा दैनिकजसो साना-ठूला दुर्घटना भइरहेकै छन्। ती दुर्घटनामा यात्रीहरूले अकालमै ज्यान गुमाउनु परिरहेको छ। यातायात विज्ञ आशिष गजुरेलका अनुसार देशमा सरदर दैनिक सवारी दुर्घटनाकै कारण १० जनाभन्दा बढीले ज्यान गुमाइरहेका छन्।

यात्रुले ज्यान गुमाइरहँदा दुर्घटनाका कारणबारे फरक-फरक दोषारोपण आउने गरेका छन्। ट्राफिक प्रहरीले चालकको लापरवाही, सडकको दूरावस्था र सवारीको स्थितिलाई दुर्घटनाका कारण बताउने गरेको छ। यातायात व्यवसायीहरूले भने सडकको अवस्थाका कारण दुर्घटना भइरहेको बताउने गरेका छन्।

सवारी दुर्घटनाको मुख्य कारण नै सडकको दयनीय अवस्था रहेको नेपाल यातायात व्यवसायी राष्‍ट्रिय महासंघका अध्यक्ष विजय स्वाँर बताउँछन्। भन्छन्, ‘मुख्यतः हालसम्म भएका दुर्घटना सडकको कारणले भएको देखिन्छ। तर, दुर्घटना भइसकेपछि चालकको लापरवाहीले भयो भनिन्छ। कति उकालो र ओरालो र घुम्ति हुनुपर्ने हो भन्‍ने राष्‍ट्रिय मापदण्डअनुसारको सडक बनाइनुपर्छ।’

हालसम्म सडक परीक्षणका आधारमा लाइसेन्स वितरण नहुने गरेको स्वाँर बताउँछन्। सरकारले व्यावसायिक हिसाबले केही नगरेको उनको आरोप छ। भन्छन्, ‘चालकलाई स्टेयरिङ ड्राइभर बनायौं। खलासी हुँदै ड्राइभर बनेको हुन्छ। तर, उसलाई थप जानकारीसहितको तालिम दिनुपर्ने हो। व्यावसायिक हिसाबले जति गर्नुपर्ने हो, केही गरेको छैन सरकारले। अहिलेसम्म रोड टेस्टका आधारमा लाइसेन्स नै दिने गरिएको छ, नेपालमा। यस पाटोमा धेरै सुधार आवश्यक छ।’

सडकको अवस्था, चालकको लापरवाही, सवारी साधनको अवस्था ठीक नहुनुलगायत कारणबाट सवारी दुर्घटना हुने गरेको काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता एसएसपी जीवनकुमार श्रेष्‍ठ बताउँछन्। सवारी दुर्घटना अकस्मात हुने उनको ठम्याइ छ।

मुख्यतः असावधानीका कारण सवारी दुर्घटना निम्तिरहेको उनी बताउँछन्। भर्खरै खनेको कच्ची बाटोमा सुविधा दिने नाममा बाटो खनेर जाने अनुमति दिन नहुने एसएसपी श्रेष्‍ठ बताउँछन्। त्यसले दुर्घटना बढाउने हुँदा चल्न लायक नभएका सडकहरूमा सवारी सञ्‍चालन अनुमति दिन नहुने उनको भनाइ छ।

यस्तै, लामो दूरीको यात्रामा दुईजना चालक राखी आलोपालो गर्ने, सवारी साधनको अवस्था ठीक भए-नभएको भनेर नियमित जाँच, सवारी सञ्‍चालनको क्रममा मदिरा सेवन नगर्नेलगायत गतिविधिमा ध्यान दिए दुर्घटना कम हुने उनको ठम्याइ छ।

प्रहरीले सवारी दुर्घटना न्यूनीकरणका लागि विद्यालय सम्पर्क कार्यक्रम सञ्‍चालन, पालिकाहरूमा स्थानीय बासिन्दालाई दुर्घटनाबाट कसरी बच्नेलगायत विषयमा जनचेतनामुलुक कार्यक्रम सञ्‍चालन गरिरहेको एसएसपी श्रेष्‍ठ बताउँछन्। यस्तै, सवारी चालकसँग बाटोमै केही समय लिएर बाइकमा हिँड्दा हेलमेट लगाउने, गाडी चलाउँदा सिटबेल्ट बाँध्ने, मादक पदार्थ सेवन नगर्ने, तीव्र गतिमा सवारी नहाँक्नेलगायत तत्कालै बाटोमा दिने जनचेतनाका कार्यक्रम पनि नियमित सञ्‍चालन भइरहेको एसएसपी श्रेष्‍ठ बताउँछन्।

तीव्र गतिमा हिँडेको, रातो बत्तिमा बाटो काटेको, लेन अनुशासन उल्लंघन गरेको र मापसे गरेर चलाएका सवारी चालकलाई सचेतनाका अनिवार्य कक्षा सञ्‍चालन भइरहेको उनको भनाइ छ।

दुर्घटना न्यूनीकरणका लागि सरकार नै संवेदनशील हुनुपर्ने यातायात विज्ञ गजुरेल बताउँछन्। ‘हरेक दिन दुर्घटना भइरहेको छ, सरदर दैनिक १० जनाभन्दा बढीको मृत्यु भइरहेको छ,’ उनी भन्छन्, ‘दुर्घटना न्यूनीकरण गर्न राज्य अलि संवेदनशील हुनुपर्‍यो। त्यसका लागि राज्यले लगानी गर्नुपर्छ।’

सडक सुरक्षित बनाउनुपर्ने, सवारीसाधन सुरक्षित भएको सडकमा मात्र गुड्ने वातावरण मिलाउनुपर्ने, जनचेतनाका कार्यक्रमहरू ल्याउनुपर्ने, गल्ति गर्नेलाई कडाभन्दा कडा कारवाही हुनुपर्ने उनको सुझाव छ। यस्तै, यातायात प्रणाली प्रविधिमैत्री हुनुपर्ने र यसमा राज्यले लगानी गर्नुपर्ने उनी बताउँछन्।

दुर्घटना न्यूनीकरणका लागि सडक प्रयोगकर्ता, चालक, सहचालक, यात्रु, मोटरसाइकल, साइकल चालक, पैदलयात्री सबैका लागि जनचेतनाका कार्यक्रमहरू आवश्यक रहेको उनी बताउँछन्। भन्छन् ‘यसबाहेक चालक र सहचालकहरूलाई विशेष तालिमहरू दिनुपर्छ। गाडी चलाउने सीप मात्र भएर पुग्दैन, यात्रुलाई सुरक्षित साथ गन्तव्यसम्म पुर्‍याउने बोध गराउन एकदमै जरुरी छ।’

सडक सुधार गरी सिस्टमअनुसार चल्ने व्यवस्था मिलाइए दुर्घटना न्यूनीकरण हुने गजुरेल बताउँछन्। ‘सडक सुरक्षा भनेको सिस्टम हो। सिस्टममा पूर्वाधार, सवारी साधन पर्छन। सडक प्रयोगकर्ता पनि पर्छन्,’ उनी भन्छन्, ‘नियम-कानून पनि यसमै पर्छ। अनुशासन र प्रविधिको कुरा पर्छ। यी सबैलाई सुदृढ गर्नुपर्छ। मुख्य भनेको सडक सुधार हो। यसलाई सिस्टमको रूपमा हेर्नुपर्छ।’

सोमबार, बैशाख १०, २०८१ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

बजेट निर्माण प्रक्रिया तत्काल अगाडि बढाउने प्रदेश सरकारको निर्णय
सिक्टा सिँचाइः पाँच वर्षभित्र निर्माण सम्पन्न गर्ने तयारी
डिपिआरमै तुहिँदै सेतीको सपना : १ करोड खर्चेर बनाइएको योजना, पाँच वर्षदेखि दराजमै थन्किएको अस्पतालको भविष्य
उत्तरी अफगानिस्तानमा सडक दुर्घटनामा ४ जनाको मृत्यु, ६ जना घाइते
नेपाल–चीन सहकार्यको केन्द्रमा जलवायु र पर्यावरण
झटारो : बडकी भलमन्सिनियाको समाचार वाचन !

भर्खरै

  • १.
    बजेट निर्माण प्रक्रिया तत्काल अगाडि बढाउने प्रदेश सरकारको निर्णय

  • २.
    सिक्टा सिँचाइः पाँच वर्षभित्र निर्माण सम्पन्न गर्ने तयारी

  • ३.
    डिपिआरमै तुहिँदै सेतीको सपना : १ करोड खर्चेर बनाइएको योजना, पाँच वर्षदेखि दराजमै थन्किएको अस्पतालको भविष्य

  • ४.
    उत्तरी अफगानिस्तानमा सडक दुर्घटनामा ४ जनाको मृत्यु, ६ जना घाइते

  • ५.
    नेपाल–चीन सहकार्यको केन्द्रमा जलवायु र पर्यावरण

  • ६.
    झटारो : बडकी भलमन्सिनियाको समाचार वाचन !

  • ७.
    कङ्गोको विद्यालयमा आगलागी, मृतकको सङ्ख्या २६ पुग्यो : युनिसेफ

  • ८.
    ‘टिम्बुरे टु त्रिवेणी’ अपरेशनः शव व्यवस्थापन र ‘डिएनए’ परीक्षणलाई तीव्रता

धर्मदेवी मिडिया प्रा. लि. द्वारा सञ्चालित

www.nepaliheadline.com

सूचना विभाग दर्ता नम्बर

२६७३/०७७-७८

प्रधान सम्पादक : उपेन्द्र पोखरेल

सह-सम्पादक : दीपक उपाध्याय नेपाल

संवाददाता : अस्मिता अधिकारी

प्रधान कार्यालय

गठ्ठाघर, भक्तपुर

विज्ञापनका लागि सम्पर्क
९८२०२२९३७६

Copyright ©2026 Nepaliheadline | All rights Reserved.
 Website By :  nwTech.