काठमाडौं- पश्चिमी र स्थानीय वायुको आंशिक प्रभाव रहँदा आज ४ वटा प्रदेशमा हल्का वर्षा हुने प्रक्षेपण जल तथा मौसम विज्ञान विभागको छ।
Advertisement
विभागका अनुसार आज दिउँसो कोशी, वागमती र गण्डकीका पहाडी भेगमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भूभागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहने छ।
यस्तै, कोशी, वागमती, गण्डकी र कर्णालीका पहाडी भेगका १-२ स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना छ। लुम्बिनी, कर्णाली, गण्डकी, वागमती र सुदूरपश्चिमका केही तथा बाँकी प्रदेशको थोरै स्थानमा हावाहुरी आउने सम्भावना पनि छ।
आज राति कोशी, वागमती र गण्डकीका पहाडी भेगमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भूभागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहने छ।