काठमाडौँ । नेकपा एमालेका महासचिव शंकर पोखरलले संगठनको सामथ्र्य विस्तार गर्न टोलटोलमा विस्तार गर्न आवश्यक रहेको बताएका छन् । स्थानीय तह निर्वाचन केन्द्रीत आज आयोजना भएको पार्टी प्रशिक्षणमा उनले यस्तो बताएका हुन् ।
नेपालको कम्युनिष्ट आन्दोलनमा योगदान पुर्याएका सबै शक्ति एमालेमा रहेकाले आगामी निर्वाचन बलियो शक्तिका रूपमा उदाउने उनले दाबी गरे । उनले भने, ‘पार्टी विभाजनको मुख्य एजेण्डा एक व्यक्ति, एक पद र एमसिसी रहेकामा आज ती दुवै एजेण्डा सत्ता गठबन्धनमा सामेल पार्टीका नेतृत्वबाटै कति पालना भयो, भएन भन्ने देखिसकिएको छ ।’
आगामी निर्वाचनबाट पार्टीको नेतृत्वमा सरकार गठन हुने दाबी गर्दै उनले नेपालको संसदीय प्रणालीमा दलीय अनुशासन उल्लंघन गर्ने कार्यबाट राजनीति दिशाविहीन बन्न राजनीतिक निर्वाचनका माध्यमबाट ठिक मार्गमा ल्याइने बताए ।
उनले आकाश, जमिन र समुद्रमा पनि नेपालको अधिकार स्थापितका लागि ओली नेतृत्वको सरकारले महत्वपूर्ण काम गरेको दाबी गरे ।