• हाेमपेज
  • साउथ एसिया
  • लङरिड
  • देशभर
  • अन्य
    • दृष्टि/संवाद
    • हेल्थ
    • विश्व/भूराजनीति
    • विज्ञान/प्रविधि
    • खेलकुद
    • टिप्स
    • इलेक्सन वाच
    • सिनेमा/आर्ट्स
    • कल्चर/हेरिटेज
×
बिहिबार, भदौ २५, २०८३
    • हाेमपेज
    • साउथ एसिया
    • लङरिड
    • देशभर
    • अन्य
      • दृष्टि/संवाद
      • हेल्थ
      • विश्व/भूराजनीति
      • विज्ञान/प्रविधि
      • खेलकुद
      • टिप्स
      • इलेक्सन वाच
      • सिनेमा/आर्ट्स
      • कल्चर/हेरिटेज

भर्खरै

नेपाल एसीसी प्रिमियर कप क्रिकट प्रतियोगिताको फाइनलमा

चरम ग्यास अभावबीच उद्योगमन्त्री गौरीकुमारी यादवले दिइन् राजीनामा

बाँकेमा फरार १७१ जना कैदी तथा बालबन्दी पक्राउ

प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रु १२ अर्ब ४३ करोडभन्दा बढी

अपर म्याग्दी–१ को सुरुङ ‘ब्रेक थ्रु’

तिलौराकोटमा थप जग्गा अधिग्रहण गरिँदै

एसीसी प्रिमियर कप क्रिकटः नेपालले ओमानलाई दियो १४८ रनको लक्ष्य

तरकारीको विषादी परीक्षण बढाइँदै

तरकारी, फलफूल र माटो सुधार कार्यक्रममा बजेट अभाव

लोकप्रिय समाचार

  • १. राशिफल : कर्कट- नयाँ काम, मीन- उद्योगमा फाइदा

  • २. हे प्रकृति तिम्रो न्याय यही हो ?

  • ३. राशिफल : तुला- तीर्थाटन, वृश्‍चिक- मनोरञ्‍जन

  • ४. राशिफल : वृष- अप्ठ्यारो सम्झौता, सिंह- आरामदायी यात्रा

  • ५. राशिफल : वृष- काम सम्पादन, सिंह- रमाइलो यात्रा

  • ६. राशिफल : मेष- आत्मीयता बढ्ने, कन्या- प्रशन्‍नता

  • ७. राशिफल : वृश्‍चिक- मान-सम्मान, धनु- स्वादिष्‍ट भोजन

  • ८. विपत्तिमा मल्हम लगाउँदै निर्माण व्यवसायी : प्रधानमन्त्री राहत कोषमा संघको २ लाख ११ हजार सहयोग

  • ९. राशिफल : वृश्‍चिक- काम बन्‍ने, कुम्भ- मनमा हर्ष

  • १०. भोटेकोशी बाढी पीडितलाई क्यासिनो एसोसिएसनको ८५ लाख २३ हजार

महामारी बन्दैछ सामाजिक सञ्‍जालको लत !


    Avatar photo
मङ्गलबार, बैशाख ०४, २०८१ मा प्रकाशित

नयाँदिल्ली- यदि कसैले तपाईंको स्मार्टफोनमा कुन एप्स सबैभन्दा बढी प्रयोग गर्नुहुन्छ भनेर सोध्यो भने धेरैजसोले सोसल साइटको नाम मात्र लिन्छन्। केटाकेटी हुन् वा ज्येष्‍ठ नागरिक, यसबाट कोही अछुतो छैन। सबैजना सामाजिक सञ्‍जालमा जोडिएका छन्। किनभने, सामाजिक सञ्‍जालले विश्‍वभरका घटनाहरूको बारेमा अद्यावधिक राख्छ। आजकल सामाजिक सञ्‍जालमा स्क्रोल गर्नु मानिसको लत बनेको छ।

Advertisement

भर्खरै इन्डियन इन्स्टिच्युट अफ म्यानेजमेन्ट (आईआईएम)ले एउटा सर्वेक्षण गरेको थियो। सर्वेक्षणका अनुसार युवाले दैनिक औसत ७ घण्टा सामाजिक सञ्‍जाल प्रयोग गर्छन्। पुरुषको तुलनामा महिलाहरू सामाजिक सञ्‍जालमा करिब २० मिनट बढी सक्रिय हुन्छन्।

तर भनिन्छ, कुनै पनि कुराको अति नराम्रो हुन्छ। सामाजिक सञ्‍जालको अत्यधिक प्रयोगले तपाईंलाई शारीरिक र मानसिक रूपमा पनि कमजोर बनाउँछ। सामाजिक सञ्‍जालको लतले पार्ने असर बारेमा चर्चा गरौं।

सन् २०१८ मा अमेरिकाको पेन्सिलभेनिया विश्‍वविद्यालयले गरेको एक अध्ययनअनुसार सामाजिक सञ्‍जाल अत्यधिक प्रयोग गर्ने मानिसहरू वास्तविक जीवनमा संसारबाट एक्लो महशुस गर्छन्। सामाजिक सञ्‍जालको अत्यधिक प्रयोग गर्ने व्यक्तिलाई निद्राको कमी, तनाव, कमजोर स्मरणशक्ति र खराब प्रदर्शनजस्ता समस्याहरू हुन सक्छन्। साथै, टाउको दुख्‍ने, मांसपेशीमा तनावजस्ता शारीरिक समस्याको सम्भावना बढ्छ।

तनाव

सामाजिकता वा प्रियजनहरूसँग समय बिताउँदा मुड सधैं राम्रो रहन्छ। र, तनाव पनि कम हुन्छ। तर, आजकल सामाजिक सञ्‍जालले त्यसको ठाउँ लिएको छ, जसका कारण मानिसमा तनाव अत्यधिक देखिन्छ।

हीनताको अनुभूति

सामाजिक सञ्‍जालमा देखिने अधिकांश संसार ‘फिल्टरहरूको संसार’ हो। अर्थात्, जे देखिन्छ त्यो सत्य हो भन्‍ने जरुरी छैन। तर पनि, मानिस त्यसबाट प्रभावित छन्। यस्तो अवस्थामा मानिसहरू आफूलाई अरूसँग तुलना गर्न थाल्छन् र सोच्‍न थाल्छन्- म किन यो गर्न सक्दिनँ। जेनेरेसन जेडको भाषामा यसलाई हराउने डर भनिन्छ, जसका कारण एकअर्काप्रति ईर्श्या र हीनताबोधको जटिलता उत्पन्‍न हुन्छ। त्यसैले सामाजिक सञ्‍जालको लतले चिन्ता बढाउँछ।

स्मरणशक्तिमा ह्रास

सामाजिक सञ्‍जालको अत्यधिक प्रयोग हाम्रो स्मरण शक्तिसँग सम्बन्धित छ। यसले हाम्रो ट्रान्सएक्टिभ मेमोरीलाई असर गर्छ। ट्रान्सएक्टिभ मेमोरीले कुन जानकारी दिमागमा राख्‍ने र कुन राख्‍न नहुने भन्‍ने निर्धारण गर्छ।

अमेरिकाको निल्सन कम्पनीले सामाजिक सञ्‍जालमा घण्टौंसम्म मानिसले के गर्ने भन्‍ने विषयमा सर्वेक्षण गरेको थियो, जसमा धेरैजसो व्यक्ति सामाजिक सञ्‍जाल मात्र के भइरहेको छ भन्‍ने अपडेटहरू जान्‍न चाहने पत्ता लागेको थियो। त्यसपछि मानिसहरूले आफ्नो वरपरका साथीहरूलाई सन्देश वा मेल पठाउँछन्।

समयमै लत पहिचान गर्नूस्

डा. आस्था सक्सेनाको भनाइमा मानिसहरूसँगको मिलनले चिन्ता र डिप्रेसनजस्ता रोगहरूको जोखिम कम गर्छ। तर, आजको जमानामा मानिसहरूले सामाजिक सञ्‍जालको अर्थ सामाजिक रूपमा जोडिएको बुझेका छन्। हाम्रा भावनाहरू इमोजीहरूले प्रतिस्थापन गरेका छन्, जुन एकै समयमा विभिन्‍न व्यक्तिअनुसार परिवर्तन भइरहन्छ। त्यसैले मानिसहरु घण्टौं सामाजिक सञ्‍जालमा सक्रिय रहन्छन् र आफूलाई अपडेट गरिरहन्छन्, जसका कारण यो लत बन्छ। त्यसैले सामाजिक सञ्‍जालको लत हावी हुन नदिनुहोस्।

सामाजिक सञ्‍जालको लतबाट बच्‍न केही दिन ब्रेक लिनु आवश्यक रहेको डा. सक्सेना बताउँछिन्। यदि धेरै महत्त्वपूर्ण छैन भने केही दिनका लागि ती सामाजिक साइटहरू अनइन्स्टल गर्नुहोस्, जुन तपाईंले सुत्‍नेबेला सबैभन्दा पहिले जाँच गर्नुहुन्छ। साथै, केही सामाजिक साइटहरूमा अब ‘टेक अ ब्रेक’ भन्‍ने सुविधा छ, जसमा तपाईंले केही घण्टा वा एक दिनको लागि निश्‍चित समय सेट गर्न सक्नुहुन्छ।

भास्कर डट कमबाट

मङ्गलबार, बैशाख ०४, २०८१ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

नेपाल एसीसी प्रिमियर कप क्रिकट प्रतियोगिताको फाइनलमा
चरम ग्यास अभावबीच उद्योगमन्त्री गौरीकुमारी यादवले दिइन् राजीनामा
बाँकेमा फरार १७१ जना कैदी तथा बालबन्दी पक्राउ
प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रु १२ अर्ब ४३ करोडभन्दा बढी
अपर म्याग्दी–१ को सुरुङ ‘ब्रेक थ्रु’
तिलौराकोटमा थप जग्गा अधिग्रहण गरिँदै

भर्खरै

  • १.
    नेपाल एसीसी प्रिमियर कप क्रिकट प्रतियोगिताको फाइनलमा

  • २.
    चरम ग्यास अभावबीच उद्योगमन्त्री गौरीकुमारी यादवले दिइन् राजीनामा

  • ३.
    बाँकेमा फरार १७१ जना कैदी तथा बालबन्दी पक्राउ

  • ४.
    प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रु १२ अर्ब ४३ करोडभन्दा बढी

  • ५.
    अपर म्याग्दी–१ को सुरुङ ‘ब्रेक थ्रु’

  • ६.
    तिलौराकोटमा थप जग्गा अधिग्रहण गरिँदै

  • ७.
    एसीसी प्रिमियर कप क्रिकटः नेपालले ओमानलाई दियो १४८ रनको लक्ष्य

  • ८.
    तरकारीको विषादी परीक्षण बढाइँदै

धर्मदेवी मिडिया प्रा. लि. द्वारा सञ्चालित

www.nepaliheadline.com

सूचना विभाग दर्ता नम्बर

२६७३/०७७-७८

प्रधान सम्पादक : उपेन्द्र पोखरेल

सह-सम्पादक : दीपक उपाध्याय नेपाल

संवाददाता : अस्मिता अधिकारी

प्रधान कार्यालय

गठ्ठाघर, भक्तपुर

विज्ञापनका लागि सम्पर्क
९८२०२२९३७६

Copyright ©2026 Nepaliheadline | All rights Reserved.
 Website By :  nwTech.