काठमाडौँ । स्थानीय तहको निर्वाचन नजिकिँदै गर्दा निर्वाचन आयोगले उम्मेदवारले गर्न पाउने खर्चको प्रस्ताव गरेको छ । आयोगले स्थानीय तहको निर्वाचनमा उम्मेदवारले गर्न पाउने खर्चको प्रस्ताव गरेको हो ।
Advertisement
आज भएको राजनीतिक दलका प्रतिनिधिसँगको छलफलमा आयोगले स्थानीय तहअनुसार उम्मेदवारले गर्न पाउने चुनावी खर्चको सिलिङ प्रस्ताव गरेको हो । जसमा महानगरपालिकाका मेयरले साढे ७ लाख रुपैयाँसम्म खर्च गर्न पाउने आयोगले प्रस्ताव गरेको छ ।
यस्तै, उपहानगरका मेयरले साढे ५ लाख, नगरपालिकाका मेयरले साढे ३ लाख र गाउँपालिकाका प्रमुखले साढे ३ लाखसम्म चुनावी खर्च गर्न पाउने भएका छन् । छलफलमा दलहरूले खर्च नपुग्ने बताएका थिए ।