• हाेमपेज
  • साउथ एसिया
  • लङरिड
  • देशभर
  • अन्य
    • दृष्टि/संवाद
    • हेल्थ
    • विश्व/भूराजनीति
    • विज्ञान/प्रविधि
    • खेलकुद
    • टिप्स
    • इलेक्सन वाच
    • सिनेमा/आर्ट्स
    • कल्चर/हेरिटेज
×
बिहिबार, भदौ २५, २०८३
    • हाेमपेज
    • साउथ एसिया
    • लङरिड
    • देशभर
    • अन्य
      • दृष्टि/संवाद
      • हेल्थ
      • विश्व/भूराजनीति
      • विज्ञान/प्रविधि
      • खेलकुद
      • टिप्स
      • इलेक्सन वाच
      • सिनेमा/आर्ट्स
      • कल्चर/हेरिटेज

भर्खरै

नेपाल एसीसी प्रिमियर कप क्रिकट प्रतियोगिताको फाइनलमा

चरम ग्यास अभावबीच उद्योगमन्त्री गौरीकुमारी यादवले दिइन् राजीनामा

बाँकेमा फरार १७१ जना कैदी तथा बालबन्दी पक्राउ

प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रु १२ अर्ब ४३ करोडभन्दा बढी

अपर म्याग्दी–१ को सुरुङ ‘ब्रेक थ्रु’

तिलौराकोटमा थप जग्गा अधिग्रहण गरिँदै

एसीसी प्रिमियर कप क्रिकटः नेपालले ओमानलाई दियो १४८ रनको लक्ष्य

तरकारीको विषादी परीक्षण बढाइँदै

तरकारी, फलफूल र माटो सुधार कार्यक्रममा बजेट अभाव

लोकप्रिय समाचार

  • १. राशिफल : कर्कट- नयाँ काम, मीन- उद्योगमा फाइदा

  • २. हे प्रकृति तिम्रो न्याय यही हो ?

  • ३. राशिफल : तुला- तीर्थाटन, वृश्‍चिक- मनोरञ्‍जन

  • ४. राशिफल : वृष- अप्ठ्यारो सम्झौता, सिंह- आरामदायी यात्रा

  • ५. राशिफल : वृष- काम सम्पादन, सिंह- रमाइलो यात्रा

  • ६. राशिफल : मेष- आत्मीयता बढ्ने, कन्या- प्रशन्‍नता

  • ७. राशिफल : वृश्‍चिक- मान-सम्मान, धनु- स्वादिष्‍ट भोजन

  • ८. विपत्तिमा मल्हम लगाउँदै निर्माण व्यवसायी : प्रधानमन्त्री राहत कोषमा संघको २ लाख ११ हजार सहयोग

  • ९. राशिफल : वृश्‍चिक- काम बन्‍ने, कुम्भ- मनमा हर्ष

  • १०. भोटेकोशी बाढी पीडितलाई क्यासिनो एसोसिएसनको ८५ लाख २३ हजार

संसारमा ४४ लाखलाई सिकलसेल एनिमिया


    Avatar photo
मङ्गलबार, चैत २७, २०८० मा प्रकाशित

नयाँदिल्ली- विश्‍व स्वास्थ्य संगठनको आँकडाअनुसार संसारमा ४४ लाख मानिस सिकलसेल एनिमियाबाट पीडित छन्। सिकलसेलबाट प्रभावित मानिसमध्ये ९० प्रतिशत नाइजेरिया, भारत र कंगोका छन्।

Advertisement

भारतले सन् २०४७ सम्म सिकलसेल एनिमिया उन्मुलन गर्ने कार्ययोजना बनाएको छ।

अमेरिकाको इन्डियाना युनिभर्सिटी स्कुल अफ मेडिसिनको अध्ययनअनुसार रगतमा हेमोग्लोबिन बढाउने औषधि ‘हाइड्रोक्सियुरिया’ सिकल सेल एनिमिया पीडित बालबालिकाका लागि सहयोग हुने देखिएको छ। त्यहाँका शोधार्थीले अफ्रिकी मुलुक युगान्डामा अध्ययन गरेका थिए। र, उक्त औषधिको सकारात्मक प्रभाव देखिएको थियो।

सिकल सेल एनिमिया भएका व्यक्तिहरूको शरीरमा राता रक्तकोषको आकार परिवर्तित भएर हँसियाजस्तो हुन्छन्। र, आपसमा फसेर रक्त प्रवाह बाधित गराउँछन्। त्यसका कारण शरीरमा चर्को दुखाइ हुन्छ।

राता रक्तकोश हँसिया आकारमा परिणत हुनुको कारण हेमोग्लोबिन प्रोटिन असामान्य रहनु हो। आनुवंशिक गडबडीका कारण हेमोग्लोबिन प्रोटिनको स्वरूपमा बदलाव आउँछ। डब्लूएचओका अनुसार संसारभर बर्सेनि ३ लाखभन्दा बढी बालबालिका शरीरमा सिकल सेल एनिमिया लिएरै पैदा हुन्छन्।

चिकित्सकहरूका अनुसार राता रक्तकोषको आयु १२० दिन हुन्छ। तर, जब सिकल सेल एनिमियाको संक्रमण हुन्छ, राता रक्तकोषको आयु २० देखि ३० दिन मात्र रहन्छ। शरीरको प्राकृतिक चक्रअनुसार १२० दिनसम्म जीवित रहने राता रक्तकोष त्यसपछि आफैं नष्ट हुनुपर्छ।

चिकित्सकहरूका अनुसार सिकल सेल एनिमियाको उपचारमा हालसम्म कुनै औषधि उपलब्ध छैन। तर, यदि समयमै रोग पहिचान भयो भने त्यसबाट हुने दुखाइ कम गर्न सकिन्छ। त्यसका लागि शरीरमा फोलिक एसिड, भिटामिन बी-१२ र आइरनको कमी हुन दिनु हुँदैन। ती तत्वले शरीरमा राता रक्तकोष बन्‍न मद्दत गर्छन्।

सिकल सेल एनिमिया भएका व्यक्तिलाई बारम्बार रगत चढाइरहनुपर्छ। गम्भीर मामिलामा बोनम्यारो प्रत्यारोपण पनि उपयोगी हुन सक्छ। तर, त्यो अति महँगो हुन्छ। र, बोनम्यारो प्रत्यारोपणपछि पनि बिरामीले अनेक समस्यासँग जुझ्नुपर्छ।

सिकल सेल लागेका बिरामीले अपनाउनुपर्ने सावधानी

– चिसो पानीले ननुहाउनूस्, त्यसबाट शरीरमा गर्मीको कमी हुन्छ। सधैं मनतातो पानीले नुहाउनूस्।

– ननभेज खानेकुराबाट बच्‍नूस्। किनकि, त्यस्ता खानेकुरा पच्‍न समय लाग्छ। त्यसै पनि सिकल सेल भएका कारण मेटाबोलिजम सामान्य अवस्थामा भन्दा सुस्त हुन्छ।

– सिकल सेल एनिमिया भएका व्यक्तिहरूले बढीभन्दा बढी आराम गर्नुपर्छ। ज्यादा मिहिनेत पर्ने काम गर्नु हुँदैन।

– उक्त रोगबाट पीडितले चिसोबाट बच्नुपर्छ। फ्रिजमा राखेका खानेकुरा खानु हुँदैन र कुलर-एसी जडित कोठामा बस्नु, सुत्नु हुँदैन।

– सिकल सेल एनिमियाका कारण शरीरमा अक्सिजनको कमी हुन्छ। त्यसैले पर्याप्त पानी पिएर शरीरमा अक्सिजन पर्याप्त मात्रामा पुर्‍याउनुपर्छ।

मङ्गलबार, चैत २७, २०८० मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

नेपाल एसीसी प्रिमियर कप क्रिकट प्रतियोगिताको फाइनलमा
चरम ग्यास अभावबीच उद्योगमन्त्री गौरीकुमारी यादवले दिइन् राजीनामा
बाँकेमा फरार १७१ जना कैदी तथा बालबन्दी पक्राउ
प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रु १२ अर्ब ४३ करोडभन्दा बढी
अपर म्याग्दी–१ को सुरुङ ‘ब्रेक थ्रु’
तिलौराकोटमा थप जग्गा अधिग्रहण गरिँदै

भर्खरै

  • १.
    नेपाल एसीसी प्रिमियर कप क्रिकट प्रतियोगिताको फाइनलमा

  • २.
    चरम ग्यास अभावबीच उद्योगमन्त्री गौरीकुमारी यादवले दिइन् राजीनामा

  • ३.
    बाँकेमा फरार १७१ जना कैदी तथा बालबन्दी पक्राउ

  • ४.
    प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रु १२ अर्ब ४३ करोडभन्दा बढी

  • ५.
    अपर म्याग्दी–१ को सुरुङ ‘ब्रेक थ्रु’

  • ६.
    तिलौराकोटमा थप जग्गा अधिग्रहण गरिँदै

  • ७.
    एसीसी प्रिमियर कप क्रिकटः नेपालले ओमानलाई दियो १४८ रनको लक्ष्य

  • ८.
    तरकारीको विषादी परीक्षण बढाइँदै

धर्मदेवी मिडिया प्रा. लि. द्वारा सञ्चालित

www.nepaliheadline.com

सूचना विभाग दर्ता नम्बर

२६७३/०७७-७८

प्रधान सम्पादक : उपेन्द्र पोखरेल

सह-सम्पादक : दीपक उपाध्याय नेपाल

संवाददाता : अस्मिता अधिकारी

प्रधान कार्यालय

गठ्ठाघर, भक्तपुर

विज्ञापनका लागि सम्पर्क
९८२०२२९३७६

Copyright ©2026 Nepaliheadline | All rights Reserved.
 Website By :  nwTech.