काठमाडौं- आज ४ वटा प्रदेशका पहाडी इलाकामा हल्का वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ।
Advertisement
विभागका अनुसार पश्चिमी र स्थानीय वायुको प्रभावका कारण कोशी,, गण्डकी, कर्णाली र सुदूरपश्चिममा वर्षा हुने सम्भावना देखिएको हो।
आज दिउँसो पहाडी भेगमा आंशिकदेखि साधारणतया बदली तथा बाँकी भूभागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहने छ। गण्डकी, कर्णाली र सुदूरपश्चिमका पहाडी भेगका थोरै तथा बाँकी पहाडी इलाकाका १-२ स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना छ।
आज राति पहाडी भेगमा आंशिकदेखि साधारणतया बदली तथा बाँकी भूभागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहने छ। कोशी, गण्डकी र कर्णालीका पहाडी भेगका १-२ स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना छ।