• हाेमपेज
  • साउथ एसिया
  • लङरिड
  • देशभर
  • अन्य
    • दृष्टि/संवाद
    • हेल्थ
    • विश्व/भूराजनीति
    • विज्ञान/प्रविधि
    • खेलकुद
    • टिप्स
    • इलेक्सन वाच
    • सिनेमा/आर्ट्स
    • कल्चर/हेरिटेज
×
मङ्गलबार, भदौ ३०, २०८३
    • हाेमपेज
    • साउथ एसिया
    • लङरिड
    • देशभर
    • अन्य
      • दृष्टि/संवाद
      • हेल्थ
      • विश्व/भूराजनीति
      • विज्ञान/प्रविधि
      • खेलकुद
      • टिप्स
      • इलेक्सन वाच
      • सिनेमा/आर्ट्स
      • कल्चर/हेरिटेज

भर्खरै

फाइल तस्बिर
प्रतिनिधिसभाको बैठक दिउँसो १ बजे, के छन् कार्यसूची

भोटेकोशी बाढीः ५ हजार १३० जना अझै बेपत्ता

आज कतिमा साटिन्छन् रियाल-रिंगिट, येन-युआन ?

विश्‍व घटना : रुसले हत्या गरेका ४५० को सामूहिक चिहान

राशिफल : तुला- धन आर्जन, वृश्‍चिक- आतिथ्य सम्मान

तीजको कोसेलीः कर्णालीको स्याउ

बाढी प्रभावित क्षेत्रका सडक सञ्जाल असोजभित्रै सञ्चालन हुन्छ : मन्त्री लम्साल

स्थानीय तहका जनप्रतिनिधिले प्रधानमन्त्रीसँग भन्नुभयो – विपद्मा सङ्घीय सरकारको दरिलो साथ-सहयोग पायौँ

हुथीको नयाँ कदमले लाल सागरको सुरक्षा चिन्ता बढायो

लोकप्रिय समाचार

  • १. राशिफल : मेष-  दिगो फाइदा, वृश्‍चिक- व्यावसायिक यात्रा

  • २. डिपिआरमै तुहिँदै सेतीको सपना : १ करोड खर्चेर बनाइएको योजना, पाँच वर्षदेखि दराजमै थन्किएको अस्पतालको भविष्य

  • ३. राशिफल : वृश्‍चिक- मान-सम्मान, धनु- स्वादिष्‍ट भोजन

  • ४. राशिफल : वृष- अप्ठ्यारो सम्झौता, सिंह- आरामदायी यात्रा

  • ५. झटारो : बडकी भलमन्सिनियाको समाचार वाचन !

  • ६. राशिफल : तुला- धन आर्जन, वृश्‍चिक- आतिथ्य सम्मान

  • ७. राशिफल : वृष- कृषिमा लाभ, सिंह- रमाइलो यात्रा

  • ८. “१२५ बेडको स्वीकृति, ३२० बेडमा उपचार : बिरामीको चाप थेग्न सेती अस्पतालले आइतबार पनि सेवा दिने

  • ९. राशिफल : कर्कट- सुखानुभूति, मीन- पराक्रम बढ्ने

  • १०. राशिफल : मकर- शत्रु परास्त, कुम्भ- धन आर्जन

निगमका विमानबाट दुई वर्षपछि मुम्बई र बैंगलोर उडान


बिहिबार, फागुन २६, २०७८ मा प्रकाशित

Advertisement

राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगमले झन्डै दुई वर्षको अन्तरालपछि भारतको मुम्बई र बैंगलोरमा पुनः उडान सञ्चालन गर्ने भएको छ।

कोभिड-१९ महामारीका कारण स्थगित भएको उडान पुनः सञ्चालन गर्न लागिएको निगमले जनाएको छ। निगमका प्रवक्ता अर्चना खड्काका अनुसार आगामी १३ चैतदेखि मुम्बईमा नियमित उडान पुनः सञ्चालन गर्न लागिएको छ। यो गन्तव्यमा साताको तीन उडान हुनेछन्। काठमाडौँ-मुम्बई रुटमा बुधबार, शुक्रबार र आइतबार उडान हुनेछन्।

त्यसैगरी निगमले भारतकै बैंगलोरमा पनि १५ चैतदेखि पुनः उडान सञ्चालन गर्ने निगमका प्रवक्ता खड्काले बताइन्। उनका अनुसार यो गन्तव्यमा पनि सातामा तीन उडान सञ्चालन हुनेछन्। मङ्गलबार, बिहीबार र शनिबार उडान सञ्चालन गरिनेछ।

कोरोना महामारी नियन्त्रणका लागि सरकारले लागू गरेको लकडाउनका कारण ०७६ चैतदेखि स्थगित उडान फेरि शुरु हुने भएका हुन्। सन् २०२० मार्च २१ देखि भारतको बैंगलोरमा निगमको उडान हुन सकेको थिएन।

निगमको अन्तर्राष्ट्रिय गन्तव्यमध्ये भारतका नयाँदिल्ली, मुम्बई र बैंगलोर महत्वपूर्ण मानिन्छन्। निगमले नयाँदिल्लीमा भने महामारीताका र अहिले पनि नियमित उडान सञ्चालन गरिरहेको छ। एयरबबल सम्झौताअनुरुप सीमित सङ्ख्यामा उडान भइरहेको भारतका दिल्ली र छिट्टै सञ्चालनमा आउन लागेका थप दुई गन्तव्य मुम्बई र बैंगलोरमा पूर्ण क्षमता अर्थात पहिलाको उडान जसरी सञ्चालन गर्ने निगमको योजना छ। भारतका तीनवटै गन्तव्यमा अब पूर्ववत क्षमतामै उडान सञ्चालन हुने निगमले उल्लेख गरेको छ।

निगमले काठमाडौँ-दिल्ली दैनिक दुई उडान गर्ने भएको छ। ३० फागुनदेखि उक्त गन्तव्यमा दैनिक दुई उडान सञ्चालन गरिने निगमले जनाएको छ। भारतले आफ्ना सबै प्रकारका व्यावसायिक उडान खुला गरेसँगै निगमले दिल्लीका लागि दैनिक दुई उडान गर्ने भएको हो। अहिले भारतबाट एयर इण्डिया, इण्डिगो एयर र भिस्तारा एयरले काठमाडौँ गन्तव्यका लागि नियमित उडान गरिरहेका छन्।

बिहिबार, फागुन २६, २०७८ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

फाइल तस्बिर
प्रतिनिधिसभाको बैठक दिउँसो १ बजे, के छन् कार्यसूची
भोटेकोशी बाढीः ५ हजार १३० जना अझै बेपत्ता
आज कतिमा साटिन्छन् रियाल-रिंगिट, येन-युआन ?
विश्‍व घटना : रुसले हत्या गरेका ४५० को सामूहिक चिहान
राशिफल : तुला- धन आर्जन, वृश्‍चिक- आतिथ्य सम्मान
तीजको कोसेलीः कर्णालीको स्याउ

भर्खरै

  • १.
    प्रतिनिधिसभाको बैठक दिउँसो १ बजे, के छन् कार्यसूची

  • २.
    भोटेकोशी बाढीः ५ हजार १३० जना अझै बेपत्ता

  • ३.
    आज कतिमा साटिन्छन् रियाल-रिंगिट, येन-युआन ?

  • ४.
    विश्‍व घटना : रुसले हत्या गरेका ४५० को सामूहिक चिहान

  • ५.
    राशिफल : तुला- धन आर्जन, वृश्‍चिक- आतिथ्य सम्मान

  • ६.
    तीजको कोसेलीः कर्णालीको स्याउ

  • ७.
    बाढी प्रभावित क्षेत्रका सडक सञ्जाल असोजभित्रै सञ्चालन हुन्छ : मन्त्री लम्साल

  • ८.
    स्थानीय तहका जनप्रतिनिधिले प्रधानमन्त्रीसँग भन्नुभयो – विपद्मा सङ्घीय सरकारको दरिलो साथ-सहयोग पायौँ

धर्मदेवी मिडिया प्रा. लि. द्वारा सञ्चालित

www.nepaliheadline.com

सूचना विभाग दर्ता नम्बर

२६७३/०७७-७८

प्रधान सम्पादक : उपेन्द्र पोखरेल

सह-सम्पादक : दीपक उपाध्याय नेपाल

संवाददाता : अस्मिता अधिकारी

प्रधान कार्यालय

गठ्ठाघर, भक्तपुर

विज्ञापनका लागि सम्पर्क
९८२०२२९३७६

Copyright ©2026 Nepaliheadline | All rights Reserved.
 Website By :  nwTech.