काठमाडौं– जुम्ला पुगेका पूर्वराजा ज्ञानेन्द्र शाहलाई जुम्ली जनताले भव्य स्वागत गरेका छन्।
Advertisement
चन्दननाथ र भैरवनाथको दर्शनका लागि जुम्ला पुगेका पूर्वराजालाई जुम्ली जनताले स्वागत गरेका हुन्। पूर्वराजाले गरेको सम्बोधन कार्यक्रममा उनका समर्थकको उल्लेख्य उपस्थिति थियोर
शनिबार जुम्ला पुगेका पूर्वराजालाई राप्रपा सांसद झानेन्द्र शाहीसहित राप्रपाका समर्थकले विमानस्थलमै पुगेर स्वागत गरेका थिए।
पूर्वराजालाई जुम्ला सदरमुकाम खलंगामा नागरिक अभिनन्दन गर्ने कार्यक्रम रहेको ज्ञानेन्द्र शाहीले बताए। शाही पूर्वराजाको स्वागतको तयारीका लागि केही दिनदेखि जुम्लामा खटिएका थिए।