Advertisement
पछिल्लो २४ घण्टामा २२४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ६ हजार ९३६ पीसीआर परीक्षणमा ६८ जना र ३ हजार १५६ एन्टिजेन परीक्षणमा १५६ जनामा संक्रमण पुष्टि भएको छ।
संक्रमितमध्ये काठमाडौंमा १९, भक्तपुरमा १० र ललितपुरमा तीनजना छन् ।
पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट मृत्यु शून्यमा झरेको छ।