काठमाडौँ । सत्तारुढ दल नेपाली कांग्रेसले आगामी स्थानीय तहको निर्वाचन लक्षित कार्यक्रम सुरु गरेको छ । कांग्रेसले एक महिने चुनाव लक्षित कार्यक्रम सुरु गरेको हो ।
Advertisement
कांग्रेसको चुनाव लक्षित कार्यक्रममा अमेरिकी सहायता परियोजना एमसीसीबारे जनतामा रहेको भ्रम चिर्ने पहिलो प्राथमिकता रहेको छ । यस्तै, नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली सरकारको भण्डाफोर गर्ने नीति रहेको छ ।
यसका लागि कांग्रेसले ‘घरघर जाऔँ, नेपाली कांग्रेसलाई जिताऔँ’ अभियान सञ्चालन गर्ने भएको हो । यो अभियान आगामी फागुन २९ गतेदेखि देशभर सुरु हुने भएको हो ।
नेपाली कांग्रेस नेतृत्व सरकारले गत फागुन १५ गते एमसीसी संसदबाट अनुमोदन गरेको थियो । जसमा सत्ता गठबन्धन दलहरू नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, जनता समाजवादी पार्टी (जसपा)लगायत दलहरूले सहयोग गरेको थियो ।