काठमाडौं- सामान्यतया एउटा वयस्क मानिसलाई ८ घण्टा चयनको निन्द्रा सुत्नुपर्छ भनिन्छ। निन्द्रा अपरिहार्य भए पनि कहिलेकाहीं हामी निदाउन सक्दैनौं। पछिल्लो समय मानिसहरूमा निन्द्रा नलाग्ने समस्या बढेको छ।
निन्द्रा नलाग्नुलाई रोग भन्न मिल्दैन। मनोरोगका केही लक्षण गडबड भएर निन्द्रा बिग्रने हुन्छ। एन्जाइटी, डिप्रेसन, साइकोसिभको समस्या हुँदा पनि शुरुमा निन्द्रा बिग्रन्छ। निन्द्रालाई एउटा लक्षणका रूपमा लिनुपर्छ। अन्य मानसिक रोगमा पनि निन्द्रा बिग्रन्छ। कुनै पनि रोगको लक्षण छैन, निन्द्रामा मात्र समस्या छ भने यसलाई प्राइमरी इन्सोम्निया भनिन्छ।
निन्द्राका समस्याहरूलाई रोग भन्न पनि मिल्दैन। एकदम डिस्टर्ब खालको निन्द्रा छ भने कहिले-कहिले मानसिक समस्याहरूसँग जोडिएर आएको हुन्छ। जस्तै- एन्जाइटीको समस्या आयो भने पनि शुरुमा निन्द्रा नआउने हुन्छ। डिप्रेसनको समस्यामा पनि शुरुमा निन्द्रा आउँछ। अनि छिट्टै खुल्ने हुन्छ।
निन्द्रा नै लाग्दैन, शुरुमा आउँदै आउँदैन, बेडमा गयो आँखा ट्वाल्ल हुन्छ। डिप्रेसनका बिरामीहरूमा प्रायजसो शुरुमा अलिअलि निन्द्रा आउँछ। अनि निदाउँछन्। ब्युँझे फेरि निदाउन गाह्रो हुन्छ। म्यानेनियामा भने रातभरि नै निन्द्रा लाग्दैन।
धेरै सोचहरू आउनु, थकान हुनु निन्द्रा बिग्रने मुख्य कारण हो।
कारण के ?
– विभिन्न मनोरोगसँग जोडिनु।
– लागूपदार्थको सेवन गरेको मानिसले तत्काल सेवन गर्न छोड्नु वा धेरै सेवन गर्नु।
– कम्प्युटर स्क्रिनमा धेरै समय बिताउने, मोबाइलको प्रयोग धेरै गर्नेहरूको निन्द्रा बिग्रन्छ।
– स्लिप आइजिन मेन्टन गर्ने हुँदा पनि निन्द्राको समस्या आउँछ। बेडमा बसेर टीभी हेर्ने, बेडमा बसेर मोबाइल चलाउने, बेडमै बसेर पढ्ने गर्नु हुँदैन।
– बाहिरी कोलाहल हुनु
अनिन्द्राबाट कसरी बच्ने ?
– बिहान समयमा उठ्ने।
– हरेक बिहान व्यायाम गर्ने।
– स्वस्थ खानपिन, स्वस्थ जीवनशैली अपनाउने।
– खानपिनमा ध्यान दिने। हेभी, धेरै चिल्लो पदार्थ भएको चिज नखाने। स्वस्थकर खाना खाने।
– राति १० देखि बिहान ६ बजेसम्म सुत्ने। दिउँसो नसुत्ने।
– लागूपदार्थको सेवन नगर्ने।
– तनाव व्यवस्थापन गर्न प्रयास गर्ने।
– खानपिन र दैनिक क्रियाकलापको मुख्य रोल हुन्छ। व्यक्तिलाई कम्तीमा ८ घण्टा निन्द्राको जरुरत हुन्छ। राम्रो निन्द्रा पाउनका लागि दिनचर्यालाई पनि सहज बनाउनुपर्छ।
(मानसिक रोग विशेषज्ञ डा. अधिकारीसँग कुराकानीमा आधारित)