काठमाडाैं– धनगढी उपमहानगरपालिका मेयर गोपी हमालकी छोरी आरती हमाल सम्पर्कविहिन भएकी छन्। ओशो साधक रहेर ध्यान गर्न भारतको गोवामा बस्दै आएकी आरती मेयर हमालकी जेठी छोरी हुन्। उनी हिजोबाट सम्पर्कविहिन भएको मेयर हमालले सामाजिक संजाल फेसबुकमा लेखेका छन्।
आरती सोमबार जोरबा वाईब आस्बिन ब्रीजबाट सम्पर्कविहिन भएको उनका साथीहरूले जानकारी गराएको मेयर हमाल सामाजिक संजालमा पोष्ट गरेका छन। त्यस्तै उनले छोरीको खोजीकार्यमा सहयोग गरिदिन समेत अपिल गरेका छन्।
“मेरी जेठो छोरी आरती ओशो साधक हुन उनी केही महिना देखि ओशो ध्यान गर्न गोवामा बस्दै आएकी थिईन्। हिजोदेखि जोरबा वाईब आस्बिन ब्रीजबाट सम्पर्कबिहिन भएको उनको साथीबाट खबर आएकाले गोवा बस्नु हुने शुभचिन्तक दाजुभाई दिदिबहिनीहरूले खोजी कार्यमा सहयोग गरिदिन हुन विनम्र अपिल गर्दछु,” मेयर हमालले लेखेका छन्।
छोरीको खोजिका लागि हमालकी कान्छी छोरी र ज्वाइँ गोवा जाँदै गरेको बताउदै उनले सहयोग गरिदिन अपिल गरेका छन।